दसैं तथा खाना महोत्सव असफल «

दसैं तथा खाना महोत्सव असफल

बारा-बाराको सिमरामा सञ्चालित दसैं तथा खाना महोत्सव नराम्ररी असफल हुन पुगेको छ ।
महोत्सवमा उचित व्यवस्थापन हुन नसक्दा कार्यक्रम फितलो हुन गई महोत्सव पूर्णरूपमा असफल बन्न पुगेको हो । महोत्सवमा स्टल नआउनु, पुरानै ढर्राका कलाकारको दोहो-यार उपस्थित गराउनु, वाणिज्यलगायतका निकायसँग सहकार्यको अभाव रहनु र व्यवस्थापन भद्रगोल हुनुलगायतका कारणले महोत्सव असफल बनेको थियो ।
महोत्सव भनेकै चाडबाडलाई लक्षित गरेर गरिन्छ तर दसैं तथा खाना महोत्सवका संयोजक मोहन शर्मा लामिछाने भन्छन् “महोत्सव नचल्नुमा चाडबाड मुख्य कारण हो बाहिरबाट आउने मान्छे आइदिएनन् ।” महोत्सवको सुन्दरता भनेकै भरिभराउ स्टलनै हो । प्राय खाली रहेको स्टल भएकाहरूले पनि रौनक हिन देखिएको थियो । स्टल लिएकाहरूले समेत महँगोमा स्टल सञ्चालन गर्नु परेको गुनासो व्यक्त गरेका थिए ।
बाहिरबाट महोत्सवमा आउने ग्राहकले महोत्सवमा बजार पाएनन्, खानामा चाउमिन र मःम मात्रै अनि सांगीतिक कार्यक्रममा उही पुरानै कलाकार दोहरयाए पछि महोत्सव चल्छ एक स्थानीय भन्छन्, “महोत्सव गर्न योग्य मान्छेहरू भएनन् ।”
नवरात्रभित्र तीन दिन लगाइएको महोत्सव करिब १ हजार दर्शकले मात्र अवलोकन गरेको अनुमान आयोजक मध्येकै एक सदस्य गर्छन् ।
महोत्सवभित्र १ कपडा पसल १ इलेक्ट्रिक पसल १ दर्जन साना ठूला होटल र बाँकी स्टल पूरै खाली थियो । महोत्सवको नाम नै खाना महोत्सव राखिएपछि साँझपख संगीत कार्यक्रममा राष्ट्रिय स्तरका गुमनाम कलाकारको प्रस्तुति राखेपछि संगीतसँगै खानाको स्वाद चाख्ने दर्शकको चाहना अधुरो बनेको थियो ।
सांंगीतिक कार्यक्रम र महोत्सवमा दैनिक १ सय ५० को उपस्थिति रहेपछि ५ हजार बढी अटाउने खुला चौर खुल्लै देखिएको थियो । आयोजकहरूले स्टलका निम्ति कार्यक्रम पूर्व पसलहरूको खोजी नगर्नु, दसैं लक्षित पसलमा ध्यान नपु-याउनु, सबै होटलमा एउटै मम र चाउमिनका परिकार मात्र हुनुले महोत्सवको खिल्ली उडाएको थियो ।
बिगतमा भन्दा यस वर्ष खर्चमा समेत आयोजकहरूको कमी रहेको अनुमान गरिएको छ । आयोजकले हालसम्म पनि आय–व्यय सार्वजानिक गरेका छैनन् । महोत्सवमा एकाध आयोजकहरूलाई अटेर गरी दोस्रो पक्ष हाबी भएपछि महोत्सवले गति छाडेको थियो ।
राजनीति दलमात्र अँगालेर अन्य पक्षहरूलाई समेट्न नसक्दा यस वर्षको दसैं तथा खाना महोत्सव असफल बनेको हो ।

प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्