सुताई दिमागका लागि अत्यन्त आवश्यक «

सुताई दिमागका लागि अत्यन्त आवश्यक

वासिङटन-वैज्ञानिकहरुले दिमागी स्वास्थ्यका लागि सुताईको अत्यावश्यक भूमिका भएको बताएका छन् । २.४ वर्षको उमेरमा सुताईमा आउने अवरोधले मानिसमा हानी पुग्न सक्ने बताइएको छ । यो उमेर दिमागको निर्माण र मर्मत हुने समय हो ।
अनुसन्धानकर्मीहरुले ६० भन्दा बढी सुताईको अध्ययनको तथ्यांकिय विश्लेषणका आधारमा यो विश्लेषण गरेका हुन् । उनीहरुले सुताईको समय, द्रुत आखाको गती (आरईएम) सुताईको अवधि, दिमागको आकार र शरीरको आकार हेरेर सुताईले विकासको क्रममा कसरी असर पार्छ भन्नका लागि म्याथम्याटिकल मोडलको आविष्कार गरेका हुन् ।
विशेषगरी दुई प्रकारका सुताई छन् । प्रत्येकको सम्बन्ध विशेष दिमागी तरंग र मस्तिष्कको नसा गतिविधिसँग रहेको छ । बन्द आँखाका पछाडि आँखा यताउती कुनामा तीव्र दरमा चल्यो भने यो अवस्थालाई गहिरो सपनाको गहिरो सुताई मानिन्छ । गैर–आरईएम सुताईलाई सपनाबिनाको मानिन्छ ।
आरईएम सुताईको अवधिमा दिमागले नयाँ तटस्थ सम्बन्धको निर्माण गर्छ ।
२.४ वर्षको उमेरमा सुताईको प्रमुख कार्य भनेको निर्माण गर्ने र आरईएम स्लीपको अवधिमा सम्बन्ध तोड्ने हो ।

प्रतिक्रिया दिनुहोस्