लोकल पसलको चङ्गा चेट टिसर्ट बजारमा «

लोकल पसलको चङ्गा चेट टिसर्ट बजारमा

लोकल नेपाली आर्ट बनाउने तथा बिक्री वितरण गर्ने लोकल पसल भन्ने अनलाइन पसलले आफ्नो आठौं डिजाइन बजारमा ल्याएको छ । दसैँकौ अवसर पारि ल्याइएको चङ्गा चेट नामक सो डिजाइन सबै साइजको टिसर्टमा उपलब्ध छ । यसको मूल्य ९ सय ९९ रुपैयाँ राखिएको छ । शतप्रतिशत सिल्क फेबरिकबाट निर्मित सो टिसर्ट नेपालमै बनेको कम्पनीले जनाएको छ ।
यसअघि, आयो मापसे, घिन्ताङ, नेपाल, नाच्यो मैच्याङ तथा चेली जस्ता डिजाइन बजारमा उपलब्ध गराइसकेको लोकल पसलको टिसर्ट किन्नको निम्ति लोकल पसलको फेसबुकमा गई अर्डर गर्नुपर्ने भन्दै कम्पनीले अर्डर गरेको टिसर्ट फ्रि होम डेलिभरि सहित छिटो समयमै उपलब्ध गराइने जनाएको छ ।
लोकल नेपालीपन झल्काउने डिजाइन बनाउने तथा नेपाली कलाको प्रचार गर्ने उद्देश्यको साथ विगत ५ वर्षदेखि सञ्चालनमा रहेको पनि कम्पनीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्