मनाङ–मस्र्याङ्दी क्लबलाई सिग्नेचरले प्रायोजन गर्ने «

मनाङ–मस्र्याङ्दी क्लबलाई सिग्नेचरले प्रायोजन गर्ने

अन्तर्राष्ट्रिय प्रिमियम ह्वीस्की ब्रान्ड सिग्नेचर तथा ए डिभिजन फुटबल क्लब मनाङ–मस्र्याङ्दी क्लबबीच गौरवपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि मनाङ–मस्र्याङ्दी क्लबलाई सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबका रूपमा चिनिनेछ । नेपालको ‘क’ श्रेणीको फुटबल क्लब मनाङ–मस्र्याङ्दी क्लब १९८२ मा स्थापित पहिलो डिभिजन टिम हो । खेलको प्यासनले गर्दा नै सिग्नेचर र मनाङ–मस्र्याङ्दी क्लबबीच सम्झौता अर्थपूर्ण भएको भन्दै कम्पनीले यो सम्झौताले नेपाली फुटबल को भविष्यका लागि विशेष रहने पनि जनाएको छ । नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश वीरसिंह तुलाधरले नेपाली फुटलबलको राष्ट्रिय एवं स्थानीयस्तरमा लुकेर रहेको प्रतिभालाई प्रोत्साहितगर्न ब्रान्डको आवश्यकता हुने र त्यसलाई सार्थक एवं प्रतिबद्ध साझंदारीले मात्र लक्षित उचाइमा पुग्न सहयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्