हिमालय एयरलाइन्स उडान चीनको चोङकिङमा «

हिमालय एयरलाइन्स उडान चीनको चोङकिङमा

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय सहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । हिमालय एयरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउनेछ । चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एयरलाइन्स एकमात्र एयरलाइन्स हो ।
२०७५ कात्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउसो ४ः५५ मा आफ्नो उद्घाटन उडान भरेको यस एयरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः०५ मा अवतरण गरेको थियो ।
२०७५ कात्तिक २ गते चोङकिङबाट हिमालय एयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ः५५ मा अवतरण गरेको थियो ।
“चीन हाम्रो लक्षित बजारमध्ये एक हो । हामी एक पाइला अगाडि सर्न पाउदा एकदमै हर्षित छौं । यो उडानको सुरुवातसँगै हामीले ‘बिजनेस ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं । चीनको चोङकिङबाट काठमाडौं उडान भर्ने पहिलो र एकमात्र वायुसेवा संस्था भएकामा हामी गर्वान्वित छौं । चोङकिङमा विदेश यात्रा गर्ने मानिसहरू प्रशस्त छन् । चोङकिङबाट विदेश यात्रामा निस्कने यात्रुको संख्या प्रशस्त हुने भएकाले हामीलाई उडान भर्न समस्या नहुने कुरामा विश्वस्त छौं,” उपाध्यक्ष विजय श्रेष्ठले बताए, “हिमालय एयरलाइन्सले धेरैभन्दा धेरै चिनिया“ पर्यटक नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।”
चीनको केन्द्रीय शासित सहरहरू बेइजिङ, सांघाई र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहा“ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरू रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रका रूपमा पनि परिचित छ । यतिमात्र नभई चोङकिङ एउटा दक्षिणपूर्वी परिवहनको केन्द्रको रुपमा पनि छ ।
नेपाल चिनिया“ पर्यटकका लागि आफ्नो फुर्सदिलो समय बिताउने आकर्षक नयाँ गन्तव्य बन्न थालेको छ । विगत दुई वर्षमा नेपाल भ्रमणमा आउने चिनिया“ पर्यटकहरूको तथ्यांकले यो कुरा पुष्टि गर्छ । २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण नेपालमा वैदेशिक पर्यटन न्यूनस्तरमा पुगेको थियो । त्यसपश्चात् नेपाल भ्रमण गर्ने चिनिया“ पर्यटकको संख्या भने अत्याधिक रुपमा बढेको छ । सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनिया“ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनिया“ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनिया“ पर्यटक छन् ।
चोङकिङ–काठमाडौंबीच सीधा हवाई सम्र्पकसँगै हिमालय एअरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नयाँ र व्यापक रूपमा आफ्नो योगदान पु-याउने आशा राखेको छ । साथसाथै, एयरलाइन्सले चीनसँग सीधा हवाई सम्पर्क विस्तार गर्न अर्काे चरणमा, अन्य सहरहरू बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना बनाएको छ ।
नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमान सेवा हो । पूर्ण सेवाकालीन रूपमा उत्कृष्ट सेवा प्रदायकका रूपमा हिमालय एयरलाइन्सले उड्डयन सुरक्षा, उडान नियमितता र मुख्य रूपमा ग्राहकको सेवा तथा सुविधालाई अझ स्तरोन्नति गर्दै लैजाने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्