चीनले बनाएको विश्वकै लामो पुल यसै सात यातायातका लागि खुल्ने «

चीनले बनाएको विश्वकै लामो पुल यसै सात यातायातका लागि खुल्ने

हङकङबाट मकाउ र चीनको झुहाई शहर जोड्ने पुल आखिरिमा यसै साता प्रयोगका लागि खुल्ने भएको छ । यो विश्वकै लामो समुद्री पुल हो । निर्माण सुरु भएको ९ वर्षपछि यो पुल सर्वसाधारणको प्रयोगका लागि खुल्न लागेको हो । यो पुल निर्माणका लागि २० अर्ब डलर लागेको थियो । सीएनएनले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार झुहाईमा हुने समारोहमा भाग लिने अपेक्षा गरिएको छ । यो समारोहमाा हङकङ र मकाउका शीर्ष अधिकारीको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ । यो ५५ किलोमिटर लामो पुलको उद्घाटन २०१६ मा हुने तय भएको थियो । तर यो पुललाई यस वर्षको यसै साता खुला गरिने लागिएको छ । यो चीनको ग्रेटर बे ०उरिया योजनाको एक प्रमुख भाग मानिएको छ । ग्रेटर बे एसियाले दक्षिण चीनको करिब ५६ हजार ५०० वर्ग मिलोमिटरको क्षेत्रलाई समेट्छ । यो क्षेत्रमा ६.८ करोड मानिसको बसोबास रहेको छ । यसमा हङकङ र मकाउ सहित ११ सहर समावेश छन् ।

 

प्रतिक्रिया दिनुहोस्