यती एयरलाइन्सको आन्तरिक पर्यटक प्याकेज

निजी हवाई सेवा प्रदायक कम्पनीे यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्धन गर्न पर्यटकीय गन्तब्यमा प्याकेज ल्याएको छ । कोभिड–१९ को बीचमा बाह्य पर्यटक आउने सम्भावना कम रहेकाले पर्यटन उद्योगलाई आन्तरिक पर्यटकबाट नै पुर्नःस्थापित गर्न र लयमा फर्काउने लक्ष्यसहित प्याकेज ल्याएको यती एयरलाइन्सले जनाएको छ ।
‘आन्तरिक पर्यटकका लागि सँगसँगै’ भन्ने नारासहित विभिन्न होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा आगामी अक्टोबरदेखि सहुलियतमा भ्रमणका प्याकेजहरु सार्वजनिक गरेको कम्पनीले जनाएको छ । एयरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा सोमबार पत्रकार सम्मेलन गरी कोभिड–१९ को सम्भावित संक्रमणका कारण झण्डै ६ महिनादेखि बन्द रहेको एयरलाइन्स, पर्यटन क्षेत्रको पुर्नस्थापित गर्न सहायोग पुग्ने एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले बताए । उनले भने, “पर्यटन क्षेत्रलाई गतिशिल र लयमा फर्काउनका लागि एयरलाइन्सले ल्याएको प्योकजले मद्दत पुग्ने छ । जसले गर्दा आर्थिक क्षेत्रपनि चलयमान हुने छ ।”
कोभिड–१९ पछिको आवश्यक कार्यविधि बनाएर उडान सञ्चालन गरेको जानकारी दिए । सिईओ रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यती एयरलाइन्सले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एअरलाइन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित रुपमा विमान सञ्चालनमा ल्याएको बताए ।
विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्समा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । ‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्नपनि’ भन्ने सन्देशसहित आम यात्रुवर्गलाई सेवा प्रदान गर्नको लागि एयरलाइन्सले प्याकेज ल्याएको प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने, “पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारालाई अगाडि सारेको यती एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको” बताए ।
प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था मिलाएको छ । ‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्नपनि’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिनका लागि भ्रमण प्याकेज खरीद गर्ने पहिलो १०० जना खरीदकर्ता यात्रुलाई आकर्षक उपहार प्रदान गर्नुका साथै भ्रमण प्याकेज खरीदकर्ता यात्रुले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फतसमेत आकर्षक उपहार प्राप्त गर्नसक्ने यती एयरलाइन्सले जनाएको छ । २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एयरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याएको छ । मोबाइल एप्सको सेवासँगै मोबाइल एप्सको माध्यामबाट टिकट बुकिङ गरे विशेष छुटको व्यवस्था समेत लिन सकिने एयरलाइन्सले जनाएको छ । जारी प्याकेजमा केही सर्श भने लागु हुने जनाएको छ ।
