भाइबरमा मह जोडीको रमाइलो स्टिकर प्याक «

भाइबरमा मह जोडीको रमाइलो स्टिकर प्याक

नेपाली हाँस्य क्षेत्रका बहुचर्चित एवं प्रसिद्ध जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइबरमा रमाइलो स्टिकर प्याक सुरु गरेका छन् । मह जोडीको नामबाट पनि चिनिने कलाकारको यो जोडीले यी स्टिकरहरुमा उनीहरुले अभिनय गरेका टेलि श्रृंखलाका चर्चित पात्रहरुको चरित्रलाई प्रतिबिम्बलाई प्रस्तुत गर्ने भाइबरले जनाएको छ ।
यो स्टिकर प्याकले मह जोडीका केही स्थापित, लोकप्रिय संवादहरु विभिन्न स्टिकरहरुद्वारा व्यक्त गर्दछ । अब यी जोडीका फ्यानहरुले आफ्ना भावनाहरुलाई मह जोडीको शैलीमा व्यक्त गर्न सक्ने कम्पनीले विस्वास लिएको छ ।
मदनकृष्ण र हरिवंश नेपालको मनोरञ्जन क्षेत्रमा एक चिरपरिचित घरेलु नाम हो । यो जोडी पहिलो पटक वि.सं.२०३० सालमा रङ्गमञ्चमा एकसाथ देखा परेको थियो । त्यस समयदेखि आजसम्म पनि यस जोडीको यात्रा कायमै छ र नेपालीहरुले यो जोडीलाई अत्यन्त सम्मानित नजरले हेर्ने गर्दछन् ।
भाइबरमा आफ्नो नयाँ कम्युनिटी र स्टिकर प्याक शुभारम्भका अवसरमा मन्तव्य व्यक्त गर्दै यी चर्चित कलाकारहरुले भने, “हामी मनोरञ्जन प्रदान गर्न र अरुलाई हँसाउन मन पराउँछौं र हाम्रा फ्यानहरुको दैनिक संवादमा केही हाँसो ल्याउन हाम्रो लागि यो एक अत्यन्त उपयुक्त माध्यम बनेको छ ।”

प्रतिक्रिया दिनुहोस्