गाउँमा अपांग भनेर अपहेला भएपछि नानीभाउको सडकको छेउमा नै बास «

गाउँमा अपांग भनेर अपहेला भएपछि नानीभाउको सडकको छेउमा नै बास

मुगु-छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा जन्मिएकी नानीभाउ कामी बाल्यकालमा घरको छतबाट खसेपछि विकको दुवै खुट्टा भाँचिएपछि पूर्णरूपमा अपांग भएकी छन् । गाउँमा एक ठाउँबाट अर्को ठाउँ जान, दिसा, पिसा गर्न घरबाट बाहिर निस्कँदा समुदायमा रहेका बालबच्चा र स्थानीयवासीहरुले अपहेलना गरेर अपांग भनेर जिस्क्याउने थालेपछि सडकको सडकको छेउमा बास बनेको छ । उनका बुबाले छुट्टै बस्ने ठाउँ बनाइ दिएर राखेका छन् ।
बुबाले नाग्म गमगढी बजार सडकअन्तर्गत ताल्च नजिकैको मैथु भन्ने ठाउँमा सानो काठको टहरा बनाई दिएका छन् । त्यही टहरामा उनको दिन र रात बितेको विकले बताए ।
भगवान पनि पापी हुँदो रै’छ । एकत दलितकी छोरी त्यहीमा बाल्लकालदेखि ३६ वर्षसम्म अर्कैको भरमा बाँच्नुपर्ने भो साथमा रहेको एका छोराले अन्य गाउँ बस्तीका साथीहरु विद्यालय जाँदा पनि आमा म पनि विद्यालय जान्छु भन्छ । कसरी विद्यालय पठाउ बिहान बेलुका खाना खान पनि गाह्रो छ कसरी कापी–कलम झोला किनेर कसरी पढ्न लगाउने अपांग नभए त कहँी कतै ज्याला मदुरी गर्न सकिन्छ ।
महिनामा आउने सरकारी भत्ताको भरमा र बुबाले गरेको केही सहयोममा जीवन बिताउनु परेको समाजको अपहेलित भएर बस्नुभन्दा मर्नु बेस हुन्थो नानीभाउ कामीले बताएकी छन् ।
सानो उमेरमा विस्तारै हिँड्डुल गर्दा एक्कासि लड्दा ज्वारो आयो खुट्टा थुरर काम्ने भए विस्तारै दुवै खुट्टा कम्जोरी हुँदै गएपछि देवी–देउता झारफुक, बैज गर्दा दिन प्रतिदिन कमजोरी हुँदै गए कुनै काम भएन एक खुट्टा भए त हुन्थो दुवै खुट्टा अपाङ्गी भएपछि निकै गाह्रो भएको छ । दाउरा पानी र गाउँ बासको व्यवस्था गर्न पनि निकै गाह्रो छ । आफू मरे कसरी जिन्दगी पाल्छ भन्दै दिन प्रतिदिन रुन मन लाग्छ कहीँबाट सहयोग छैन अपाङ्गी कामीका बुवा धर्मसिंह कामीले बताएका छन् ।
मुगु जिल्लामा रहेका अपाङ्गामध्ये यी नानीभाउ कामी एक नमुना हुन् । जिल्लामा अपाङ्गको संरक्षण गर्नका लागि स्थापना गरिएको अपाङ्ग पुनर्निर्माण तथा ग्रामीण विकास केन्द्र डाँडो नेपाल संस्था भए पनि संस्थाको आर्थिक बजेट नहुने भएको हुँदा जिल्लामा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई कमै सहयोग गर्न सकेको छौं र पछिल्लो समयमा देश संघीयतामा गइसकेपछि स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रदिने व्यवस्था भए पनि मुगु जिल्लामा रहेको ३ गाउँपालिकाले कार्य निर्देशिका पनि नबनाएका र एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले कार्यनिर्देशिका बनाएको भए पनि परिचयपत्रसमेत वितरण नगरिएको अपाङ्गता भएको व्यक्तिहरुको हितका स्थानीय सरकार संघ धेरै पटक छलफल गरिएको भए पनि स्थानीय सरकार प्रमुखले चारो नदेखाएको अपाङ्ग पुनर्निर्माण तथा ग्रामीण विकास केन्द्र डाँडो नेपाल संस्थाका अध्क्षय सक्क बूढाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्