कृषि र पशु कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक «

कृषि र पशु कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

रुकुम-कृषि विकास कार्यालय रुकुम पश्चिम र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले चालू आर्थिक वर्षका लागि वार्थिक कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार मुसिकोट नगरपालिका–५ सेरिगाउँमा एक कार्यक्रमको आयोजना गरी दुवै कार्यालयले गत आर्थिक वर्षमा कार्यान्वयन भएका कार्यक्रमको समीक्षा गरी चालू आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा कृषि कार्यक्रमका लागि पुँजीतगत तर्फ विभिन्न शीर्षकमा ६ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश शाहले जानकारी दिए । यसैबीच पशु अस्पताल तथा पशु सेवा कार्यालयले पनि गत आर्थिक वर्षमा भएका कार्यक्रमहरुको समीक्षा गर्दै चालू आर्थिक वर्षमा जिल्लाका ६ वटै पालिकामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माका अनुसार भेरी करिडोर पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम चिसापानीदेखि राडीसम्मका लागि ५ लाख, मध्य पहाडी रोड करिडोर पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम चाइना बगरदेखि हाँसिबाङसम्म ५ लाख, सोही कार्यक्रम लोरिबाङदेखि साँखसम्म पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै राप्ती रोड करिडार पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम सोलाबाङदेखि सल्लेसम्मका लागि १० लाख बजेट विनियोजन गरिएको र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने निमित्त प्रमुख शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्