साना तथा मझौला व्यवसायीको हितमा पुनर्कर्जा कार्यान्वयन हुन कठिन हुने व्यवसायीको आंशका «

साना तथा मझौला व्यवसायीको हितमा पुनर्कर्जा कार्यान्वयन हुन कठिन हुने व्यवसायीको आंशका

पोखरा-कोभिड—१९ को कारण प्रभावित भएको उद्योगी व्यवसायीको सरकारले पुनर्कर्जा कोषको व्यवस्था गरे पनि उक्त कोष कार्यान्वयन हुन भने कठिन हुने भएको व्यवसायीहरूले गुनासो गर्न थालेका छन् ।
नयाँ आर्थिक वर्षको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि व्यवसायीहरूले पुनर्कर्जा प्राप्त गर्न नसकेको, पुनर्कर्जाले साना तथा मझौला व्यवसायीहरूलाई भने सहज र सरल ढंगबाट वितरण गर्ने वातावरण हाल नदेखिएको पोखराका एक पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले बताए । पोखरा पर्यटन परिषद्का उपाध्यक्षसमेत रहेका भट्टराईले बजारमा विस्तारै सहज भएकाले आफ्ना कर्मचारी, सेवा चुस्त दुरुस्त पार्न तत्काल रकम आवश्यक भएकाले पुनर्कर्जा प्रवाह गर्दा छिटोछरितो ढंगबाट गर्न माग समेत गरेका छन्।
केही बैंकले प्रत्येक शाखाबाट ५ वटा मात्र आवेदन लिने गरेको समेत उनले जनाए । ७० प्रतिशत साना तथा मझौला व्यावसायीहरू भएकाले उक्त बजेट उनीहरूको पहुचमा पुुग्नु पर्ने उनको जोड थियो ।
व्यवसायीहरूले दिएको आवेदनलाई हाल संकलन गरी केन्द्रीय कार्यालयमा पेश गरिएको कैलास विकास बैंक पोखरा न्युरोड शाखाका प्रबन्धक बुद्धि बरालले बताए । पोखराका पर्यटन व्यवसायीहरूको समेमत आवेशन परेको उनले जनाए । एनआइसि एसिया बैंक गण्डकी प्रदेशका प्रमुख दीपेन्द्र शर्माले राष्ट्र बैंकले दिएको निर्देशनअनुुसार हाल आवेदन संकलन गरिएको बताए ।
सरकारले व्यावसायिक उत्थानका लागि भनेर ५० अर्बको पुनर्कर्जा कोष स्थापना गरेको छ उक्त बजेट विभिन्न बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गरी ५ प्रतिशत ब्याजदरमा ३ वर्षका लागि कर्जा उपलब्ध गराउने भएका हुन् । उक्त बजेटको करिब ७० प्रतिशत साना तथा मझौला उद्योगी व्यवसायीका लागि विनियोजन गरिएको जसमध्य १५ लाखदेखि ५ करोडसम्म दिइने भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख ईश्वर भट्टराईले बताए । २० करोडसम्म दिने गरी २० प्रतिशत सिधै राष्ट्र बैंकले कर्जा प्रवाह गर्ने भएको छ भने बाँकी १० प्रतिशत भने लघु तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुने भएको उनले जनाए । यही असोज १४ गते भित्र कोरोनाबाट अति प्र्रभाावित र मध्यम प्रभावित गरी दुई विधामा विभिन्न उद्योगी व्यवसायी एवं पर्यटन व्यवसायीहरूले कर्जा प्राप्तिका लागि आवेदन दिन सक्ने भएका छन् । लघु, घरेलु तथा साना उद्यममा पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेषकर्जाका लागि व्यवसायीहरूले आवेदन दिन थालेका छन् ।
कोरोनाबाट अति प्रभावित क्षेत्रः पर्यटनः ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, र अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम ःटे, रिसोर्ट, तथा रेष्टुरेण्राँ, पर्यावरणीय पर्यटन, वन्यजन्त’ आरक्ष, साहसिक पर्यटन ः ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण, गल्फ कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार. हवाई तथा पर्यटकीय यातायात; मनोरञ्जन, मनोरञ्जन पार्क, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हललगायतका छन् ।
कोरोनाबाट मध्यम प्रभावित क्षेत्रमा फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय ; नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यातायात, ब्युटिपार्लर, सैलुन, कस्मेटिक सर्जरी अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर,
भण्डारण गर्न सकिने वस्तु, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय; औषधि उत्पादन छपाइ, प्रकाशन तथा संचार गृह, निर्माणाधीन जलविद्युत तथा नवीकरणीय ऊर्जा
पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप छन् ।
संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने, आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक÷वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने, पुुनर्कर्जाका लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेल’ तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत ह्ुने गरी माग गर्नु पर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनुपर्ने,, आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनु पर्ने, रितपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्