टाटा मोटर्सले बनायो ५ लाख रुपैयाँको टियागो कार

मुम्बई-मंगलबार टाटा मोटर्सले गुजरातको सनन्द यूनिटबाट ३ लाख भारु यानेकि ४ लाख ८० हजार रुपैयाँको टियागो कार कारखानाबाट निकालेको छ । टियागो २०१६ मा लन्च भएको थियो । इम्प्याक्ट डिजाइनको यो कम्पनीको पहिलो कार हो, जुन उसको प्रविधि र डिजाइनको रुपमा परिचित छ । टाट मोटर्सको टियागो कारले कयौ पुरष्कार पनि जितिसकेको छ । यो कार २०१८ मा भारतमा सर्वाधिक विक्री हुने ह्याचब्याक कार बनेको थियो ।
यसै वर्षको सुरुवातमा कम्पनीले बीएस–६ इन्जिन भएको टियागो कार पनि लन्च गरेको थियो । यसलाई सुरक्षा रेटिङमा ग्लोबल एनसीएपीकातर्फबाट ४ स्टार प्राप्त भएको थियो । सुरक्षाको कुरा गर्ने हो भने यस कारमा डुअल एयरब्याग रहेको छ । एन्टि लक ब्रेकिङ सिस्टम र कर्नर स्टेबिलिटी कन्ट्रोल तथा इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्यूसन रहेको छ । यसका अलावा यो कारमा कयौ विशेषता पनि रहेका छन् । जसका कारण मानिसले यसलाई धेरै मन पराउछन् । आफ्नो सेगमेन्टमा टियागो सर्वाधिक सुरक्षित कार हो ।