बाइटडान्स–ओ-याकल सम्झौताबाट टिकटकको भविष्य समाप्तः ग्लोबल टाइम्स «

बाइटडान्स–ओ-याकल सम्झौताबाट टिकटकको भविष्य समाप्तः ग्लोबल टाइम्स

बेइजिङ-सर्ट भिडियो एप टिकटकको अमेरिकी संचालन चालू राख्नका लागि चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनी ओ-याकल कर्प र वालमार्टसँग सम्झौता गरेको छ । तर, यो सम्झौतामा अझैपनि संकटको बादल देखिइरहेको छ । बाइटडान्स र ओ-याकल सम्झौताले टिकटकको भविष्य समाप्त हुने ग्लोबल टाइम्सको सम्पादकियमा उल्लेख छ । यसै कारणले चिनियाँ सरकारले यसलाई स्वीकृति दिने छैन ।
के हो बाइटडान्स–ओ-याकल सम्झौता ?
टिकटकको पेरेन्ट कम्पनी बाइटडान्सले यसको संचालन बचाउनका लािग ओ-याकल र वालमाटर्।सँग सम्झौता गरेको छ । सम्झौताका अनुसार अमेरिका बेस्ड टिकटक ग्लोबलको नामबाट एक नयाँ कम्पनी बनाइने छ । यो कम्पनीमा ओ-याकल–वालमार्टको २० प्रतिशत हिस्सा हुनेछ । कम्पनीको संचालक समितीमा अमेरिकीको संख्या धेरै हुनेछ । प्रस्तावित सम्झौता अनुसार टिकटकको अमेरिकी प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारी ओ-याकलसँग हुने छ । यसका अलावा अमेरिकाको राष्ट्रिय सुरक्षा आवश्यकताका अनुसार कम्प्यूटर सिस्टमको सुरक्षा प्रणाली बनाइने छ । साथै टिकटक–वालमार्टसँग मिलेर ओ-याकल कमर्शीयल पार्टनरशिपमा काम गरिने छ ।

प्रतिक्रिया दिनुहोस्