उत्तर कोरियाले चीनसँग किन्यो ६४ करोड डलरको विलाशी सामान «

उत्तर कोरियाले चीनसँग किन्यो ६४ करोड डलरको विलाशी सामान

सोल-उत्तर कोरियाले संयुक्त राष्ट्र संघको प्रतिबन्धका बावजुद गत वर्ष चीनबाट ६४ करोड डलरको विलाशी चिनियाँ सामग्री खरिद गरेको छ । उत्तर कोरियाको परमाणु हतियार तथा मिसाइल कार्यक्रमको विषयलाई लिएर यूएनले उसँग कारोबार गर्न प्रतिबन्ध लगाउदै आएको छ ।
दक्षिण कोरियाको विपक्षि दलका सांसद यून साङ–युनले सोमबार भनेका छन्,“किम जोङ उनले केबल आफ्नो लागि मात्रै नभई परिवारका अन्य सदस्यका लागि पनि चीनबाट विमान, महँगा संगीत वाद्यययन्त्र, उच्च गुणस्तरको टिभी, सेडान कार, रक्सी, घडि तथा अन्य कतिपय विलाशी सामान खरिद गरेका छन् ।” राष्ट्र संघले पहिलेनै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धलाई कडाइका साथ लागु गर्ने बताउदै आएको छ ।
अमेरिकाले उत्तर कोरियालाई वार्तामा ल्याउनका लागि यिनै प्रतिबन्धलाई माध्यम बनाउदै आएको थियो । चीनले यो विषयमा हालसम्म पनि कुनै टिप्पणी गरेको छैन ।
अमेरिका तथा दुवै कोरियाली देशका सैन्य अधिकारीबीच सोमबार सीमावर्ती गाउ पनमुनजोममा बैठक भएको थियो । यस बैठकको माध्यमबाट विश्वकै सर्वाधिक हतियारबाट सुसज्जित सीमावर्ती क्षेत्र मध्येको एक पनमुनजोमा गाउको हतियार मुक्त बनाउने विषयमा सहमती भएको थियो । यसै साताबाट क्षेत्रबाट सीमा चौकी पनि हटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्