ऋण तिर्न नसकेपछि विक्री हुदै अनिल अम्बानीको सम्पत्ति «

ऋण तिर्न नसकेपछि विक्री हुदै अनिल अम्बानीको सम्पत्ति

मुम्बई-ऋणमा डुबेका अनिल अम्बानीको कम्पनीको सम्पत्ति विक्री गर्ने प्रक्रिया सुरु भएको छ । पीटीआईका अनुसार रिलायन्स क्यापिटलले आफ्नो सम्पत्तिको मौद्रिकरणका लागि कदम उठाएको छ । यो कामका लागि एसबीआई क्यापिटल र जेएम फाइनान्सलाई नियुक्त गरिएको छ ।
ट्रस्टीले यसै साता इच्छा पत्र जारी गरिने एजेन्सीले जनाएको छ । यसको अर्थ जसले सम्पत्ति खरिदमा रुची देखाउछ, उसले इच्छापत्र दाखिल गर्नुपर्नेछ ।
आवेदक रिलायन्स क्यापिटलमा नियन्त्रक हिस्सेदारी वा व्यक्तिगत सम्पत्ति वा अन्य सम्पत्तिका लागि बोली लगाउन सक्छन् ।
रिलयान्स क्यापिटल आफ्ना कर्जादातालाई भुक्तानी गर्न असफल भएको छ । रिलायन्स क्यापिटलको महत्वपूर्ण सम्पत्तिमा रिलायन्स सेक्यूरिटिज, रिलायन्स हेल्थ र रिलायन्स जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
अन्य सम्पत्तिमा रिलायन्स निप्पन लाइफ इन्स्योरेन्स रहेको छ । यो निप्पन लाइफका साथै ५१ः४९ अनुपातको संयुक्त लगानी रहेको छ । यसका अलावा रिलायन्स क्यापिटलको रिलायन्स एसेट रिकन्सट्रक्सन कम्पनीमा ४९ प्रतिशतको हिस्सेदारी छ ।

प्रतिक्रिया दिनुहोस्