कोरोनाभाइरसको खोपले महामारी जाँदूको छडीले जस्तो अन्त्य हुदैन :विज्ञ

सिंगापुर-कोरोनाभाइरसले पुरै विश्वलाई लगातार आक्रान्त पारिरहेको समयमा कोभिड–१९ बिरुद्धको प्रभावकारी र सुरक्षित खोप उपलव्ध हुदैँ गर्दा प्रसस्त आशा गर्ने ठाउँ रहेको छ ।
नेशनल युनिभर्सिटी अफ सिंगापुरका संक्रमित रोगका प्राध्यापक डाले फिसरका अनुसार यस किसिमको अपेक्षा गल्ती हुनेछ । खोप उपलव्ध भएपछि मात्रै यस किसिमको अपेक्षा राख्नु पर्ने उनले बताए ।
“मैले खोपले मात्रै परिस्थितिमा सहयोग गर्न सक्ने देखेको छु,” उनले बताए । “यो कथाको अन्त्य जस्तो हुदैन । यसका लागि १०० प्रतिशत प्रभावकारी खोप र १०० प्रतिशतले यसलाई पाउने हुनुपर्छ । उनीहरु सबैले एक महिनाको अवधिमा खोप पाएमा मात्रै हामी जीवनमा फर्कन सक्ने छौ ।”
खोपको क्षमताको मामिलामा यसको थोरै मात्र सम्भावना भएको तर्क उनले राखे । खोप लगाएका मानिसमा पनि कम्तीमा पनि ५० प्रतिशत मानिसमा मात्रै रोकथाम हुने र कम हुने यृएस पूmड एन्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ ।
“यसको अर्थ खोप पाएकामा पनि आधामा यसले काम गर्न नसक्छ,”फिसरले बताए । “धेरै मानिसले यो १०० प्रतिशत प्रभावकारी हुने ठानेका छैनन् । त्यसैले यसमा गैर औषधीय हस्तक्षेप आवश्यक छ । जस्तै मास्क लगाउने र जमघट कम गर्ने कामहरु गर्नुपर्छ,” उनको भनाई थियो ।
हालसम्म २०० को हाराहारीमा खोपको विकास हुदैछ । यी मध्ये ३८ क्लीनिकल मूल्यांकनको चरणमा छन् । केही संख्याका मात्रै परीक्षणको पछिःल्लो चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हाल विकासको माथिल्लो चरणमा रहेकामा माडर्ना, अस्ट्राजेनेका र पीफीजर छन् ।