विकासको मेरुदण्ड कृषि «

विकासको मेरुदण्ड कृषि

कृषि हाम्रो आर्थिक विकासको महत्वपूर्ण आधार भएकैले यस क्षेत्रको विकास कल्पना गर्न सकिँदैन । कृषिप्रधान देशमा बर्सेनि कृषिलाई आफ्नो पेसा बनाउनेको संख्या घट्दो छ ।
वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा कृषिमा संलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै छ । यो प्रतिशत विगतको भन्दा निकै कम देखिन्छ । कृषिको विकासका लागि कृषिजन्य उद्योगहरूको विकास जरुरी हुन्छ । कृषिबाट उत्पादित वस्तुहरू कृषिजन्य उद्योगहरूमा खपत भई उचित मूल्य प्राप्त भएको खण्डमा देशमा उपलब्ध स्रोतसाधनको उचित परिचालन हुने गर्छ, जसबाट कृषिक्षेत्रमा लुकेको बेरोजगारी क्रमशः घटाउन सकिन्छ । हामीले कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गरी कृषिबाट प्राप्त हुने कच्चापदार्थ खपत गरेर विदेशमा निकासी गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने आफ्नो कृषिक्षेत्रलाई टेवा पुग्न जान्छ ।
कृषिमा आधारित उद्योग तथा कारखानाहरू स्थापना गरी रोजगारी सिर्जना गर्न सकिनुका साथै राष्ट्रिय आम्दानीको समेत विकास अनिवार्य हुन्छ । कृषिको विकासले नै चिनी, जुट, चिया, कफी, तेल, चामल, मैदालगायतका उद्योगहरू सञ्चालन गर्न सकिन्छ । जमिनको असमान वितरणले गर्दा कृषिमा समस्या पनि सिर्जिएको पाइन्छ । वास्तविक किसानको हातमा जमिन हुने हो भने उत्पादनमा वृद्धि गराउन सहज हुन जान्छ । पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय आयमा झन्डै ५ प्रतिशत योगदान पु¥याउने कृषिक्षेत्र अझै आकर्षणको क्षेत्र बन्न सकेको छैन । पर्याप्त मात्रामा उब्जनी गर्नका लागि उन्नत जातका बीउ, सिँचाइ, मलखाद, प्राविधिक ज्ञानजस्ता अत्यावश्यकीय कुराको सहज रूपमा उपलब्धता हुनुपर्छ । मागअनुरूपका बीउबिजन, मलखाद, उपकरण, बजार सुविधा, भण्डारण सुविधा, यातायातको सुविधा, ग्रामीण ऋणग्रस्तता, दक्ष प्राविधिज्ञको कमीजस्ता समस्याले गर्दा कृषिमा उत्पादन बढाउन नसकिएको स्पष्टै देखिन्छ । कृषि पेसालाई मर्यादित र व्यवस्थित बनाउनका लागि माथि उल्लेख गरिएका समस्या निराकरण गर्नु जरुरी हुन्छ ।
सर्वप्रथम कृषकलाई नयाँ प्रावधि अपनाउन उन्नत जातको बीउको उपयोग, सिँचाइको सहजताजस्ता कार्यमा राज्यले अधिकत सहयोग गर्नुपर्छ । साथै उनीहरूलाई पशुपालनसम्बन्धी जानकारी दिँदै तालिमको व्यवस्था गर्नुपर्छ । उत्पादित कृषिका सबै वस्तुहरूले उचित मूल्य प्राप्त गर्नका लागि व्यवस्थित रूपले बजार सुविधा उपलब्ध गराउनुपर्छ । कृषिकार्यमा पूर्ण रूपले रोजगारी प्राप्त नभएकालाई साना उद्योगमार्फत आफ्नै क्षेत्रमा रोजगारी सीर्जना गराउनेतर्फ ध्यान पु-याउनुपर्छ । यस्तो कार्यबाट गाउँघरमा नै थप आयआर्जनको अवसर पाउँछन् भने त्यसबाट श्रमशक्ति पलायन हुनबाट पनि बचाउँछ ।
स्थानीय स्तरमै उद्योग स्थापना गर्न सक्दा बेरोजगार युवा जनशक्तिलाई रोजगार बनाउन सकिन्छ भने अनावश्यक रूपले कृषिक्षेत्रमा रहेको भार कम भई थप आर्थिक विकासमा सहयोग पुग्छ । यसले कृषिक्षेत्रमा बचत र अन्य क्षेत्रमा लगानी वृद्धि गर्न ठूलो मद्दत पु-याउँछ । पहिल्लो वर्ष बेरोजगारी समस्या जटिल बन्दै गएको छ, जसलाई कम गर्न कृषिक्षेत्रलाई आकर्षणका रूपमा विकासित गर्नुपर्ने खाँचो छ ।
अन्नबाली तथा फलफूल, तरकारी, दूध र माछाजस्ता महत्वपूर्ण उपभोग्य वस्तुमा मिसावट, रासायनिक पदार्थको प्रयोग वा विषादीको जथाभावी प्रयोगले मानवको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । सकेसम्म बोटमै पाक्ने केरा, भुइँकटर, आँप, लिची, सुन्तला, स्याउलगायतका फलफुललाई आफु अनुकूल समयमा पाक्ने औषधी राख्ने गरिन्छ, जसले मानवको स्वास्थ्यमा प्रातिकूल असर पारिरहेको प्रति सम्बन्धित निकाय बेखबरमै हुँदा समस्या जटिल बन्न पुगेको छ । राजधानीको प्रमुख तरकारी तथा फलफुल बिक्री केन्द्रमा विषादी मापन जाँच कार्य थालनी भएको छ । जसलाई सकारात्मक रूपमा लिइए पनि नियमित र प्रभावकारी बनाउन कम्ती चुनौतीपूर्ण भने देखिँदैन ।
समग्रमा हाम्रो सन्दर्भलाई मनन गर्दा ठूलो जनशक्ति कृषिमा संलग्न भएकै कारण बिदेसिने हुनाले यस क्षेत्रलाई अझै व्यवस्थित बनाएर दैनिक बिदेसिने युवालाई आकर्षित गरी देशको अर्थततन्त्रलाई मजबुत बनाउनुपर्छ, जसका लागि सहजै सरकारले कृषिऋण उपलब्ध गराउने, उत्पादित वस्तु खरिद गर्ने, बिनाधितो कृषिमा लगानी गरी व्यावसायिक बनाउने वातावरण सिर्जना गराउनुपर्छ ।
सुदर्शन अधिकारी

प्रतिक्रिया दिनुहोस्