अमेरिकाले ताइवानको खाडीमा युद्धपोत पठायो

ताइपेई-अमेरिकाले ताइवानको खाडीमा दुई युद्धपोत पठाएको छ । अमेरिकी नौसेना तथा ताइवानको रक्षा मन्त्रालयले सोमबार यो विषयमा जानकारी दिएको हो । अमेरिकाको यो कदमबाट चीनको आक्रोस बढ्न सक्ने र वासिङटनसँग चीनको तनाव बढ्न सक्ने बताइएको छ ।
मन्त्रालयले ताइवानको खाडीमा अमेरिकी युद्धपोतको उपस्थितिको समयमा अवस्था नियन्त्रणमै रहेको बताइएको छ । स्वशाशित द्विपको रक्षा मन्त्रालयले एक बयानमा भनेको छ,“ नेशनल डिफेन्स मन्त्रालयले जोड दिँदै भनेको छ–ताइवानको नजिकैको समुद्री क्षेत्रबाट अमेरिकी युद्धपोत चल्दाको समयमा सेना पुरै किसिमबाट नियन्त्रण्मा रहेको छ । सेनासँग समुद्र तथा उडान क्षेत्रको सुरक्षा गर्ने तथा क्षेत्रिय शान्ति एवं स्थिरता कायम गर्ने क्षमता रहेको छ ।”
अमेरिकी नौसेनाले यस किसिमको अभियान जुलाईमा पनि चलाएको थियो । यस किसिमको गतिविधिलाई कुनै पनि किसिमबाट दोहो¥याउदा चीन भड्किन सक्छ ।