कृषकलाई अनुदान वितरण «

कृषकलाई अनुदान वितरण

म्याग्दी-भटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्षमा पशुपन्छी पालक कृषकलाई १ करोड ३७ लाख ७० हजार अनुदान वितरण गरेको छ । विभिन्न शिर्षकमा ७६ जना व्यवसायिक कृषकलाई अनुदान वितरण गरिएको हो ।
म्याग्दीसँगै मुस्ताङको कार्यक्षेत्र भएको कार्यालयले मोडल फार्म, भेडाबाख्रा पकेट, गाईभैंसी पकेट, नमूना घाँसबाली स्रोत केन्द्र विकास कार्यक्रम, फ्रेस हाउस सुधार, डेरी पसल सुधार, पशु नश्ल सुधार प्याकेज र रागो वितरण क्षेत्रमा सो रकम अनुदानको रुपमा पाएका हुन् । लामो समयदेखि व्यावसायिक रुपमा गाईभैसी, बाख्रा, भेडापालक कृषक, डेरी र मासु व्यवसायीहरुलाई अनुदान वितरण गरिएको कार्यालयका प्रमुख पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए ।
मोडल फार्ममा ४० जना कृषकलाई १ करोड ११ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ । अनुदान गाईभंैसी, बाख्रा, कुखुरा र भेडाको खोर सुधार तथा निर्माणलगायतको क्षेत्रमा कृषकले पाएका छन् । भेडाबाख्रा पकेट क्षेत्र शिर्षकमा अन्नपूर्ण गाउँपालिका २ तातोपानीका पुनहिल बाख्रापालन समूहका पूर्णबहादुर पाईजालाई ५ लाख, गाईभैंसी पकेट क्षेत्रको रुपमा बेनी नगरपालिका–४ केदारनाथ पौडेललाई ५ लाख दिएको कार्यालयले जानकारी दिएको छ । घाँसबालीमा २ जनालाई १ लाखको दर, फ्रेस हाउस सुधारमा ६ जनालाई १ लाखको दरले ६ लाख वितरण, डेरी पसलमा ४ जना, नश्ल सुधारमा २५ हजारको दरमा २० जना र रागो वितरणमा मुस्ताङ र म्याग्दीको कृषक २ जनालाई ६० हजारको दरमा वितरण गरिएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारी गरेर परिश्रमको महत्व र गाउँघरको स्रोतसाधन उपयोग गरेपछिको फाइदा बुझेका युवाहरु बाख्रा, भेडा, गाईभैसी, कुखरालगायतको क्षेत्रमा युवाहरु रहेको कार्यालयका कर्मचारी सुवास रेग्मी बताए । अनुदानका लागि व्यक्तिगत लगानीमा व्यावसायिक रुपमा निरन्तरण पेशामा रहेर राज्यको नियममा फर्म दर्ता गर्ने र कुल लागतको ५० प्रतिशत लगानी कृषकले गनुपर्ने व्यवस्था छ । यस वर्षपनि कार्यालयको लागि ६ करोड बजेट रहेपनि प्रदेशबाट निर्देशिका नआएकाले कार्यान्वयन प्रक्रिया अघि नबढेको जानकारी दिए ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्