‘हिउँचितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि «

‘हिउँचितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

‘हिउँचितुवा’ उपनामले परिचित कीर्तिमानी आरोही आङरिता शेर्पाको सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
कृत्रिम अक्सिजन बिना सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका शेर्पाको सोमबार बिहान १० बजे काठमाडौंमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना कृत्रिम अक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए ।
शेर्पाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उनको पार्थिव शरीर बुधबार टेकुस्थित घाटमा अन्तिम संस्कार गरिने नेपाल पर्वातारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्