२२ प्रतिशत घट्यो आयात «

२२ प्रतिशत घट्यो आयात


चालू आर्थिक वर्ष (२०७७-७८) को पहिलो दुई महिनामा समग्र आयात व्यापारमा २२ प्रतिशतले कमी आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । पहिलो २ महिनामा १ खर्ब ७८ अर्ब रुपैयाँको मात्रै सामग्री आयात भएको विभागको तथ्यांक छ । साउनमा केही वृद्धिको संकेत देखिए पनि भदौमा भने अन्तर्राष्ट्रिय व्यापारमा पुनः कमी आएको छ । पहिलो २ महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको सामग्री आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा ५१ अर्ब रुपैयाँले आयातमा कमी देखिएको हो ।
गत आवको भदौ महिनामा १ खर्ब २३ अर्ब रुपैयाँको यस्तो सामान आयात भएकोमा अहिले भने ३० अर्ब रुपैयाँले घटेर १ अर्ब ९३ अर्ब रुपैयाँको मात्रै सामान आयात भएको छ । साउनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशले व्यापार घटेकोमा भदौमा भने गत आवको भदौको तुलनामा २५ प्रतिशतले कमी आएको छ । लकडाउनपछि गत वैशाख महिनामा औसतको तुलनामा ५० प्रतिशत मात्रै व्यापार भएको थियो । विभागका अनुसार, जेठ, असार र साउनमा क्रमशः व्यापार बढ्दै गएकोमा भदौमा धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएपछि व्यापारमा ह्रास आएको छ ।
आयात व्यापारमा निरन्तर कमी आएपछि भन्सार राजस्वमा पनि संकुचन छाएको छ । गत वर्षको तुलनामा भन्सार राजस्व २४ प्रतिशतले कमी आएको देखिन्छ । गत आवको पहिलो २ महिनामा ६२ अर्ब ९१ करोड रुपैयाँको भन्सार राजस्व उठेकोमा चालू वर्षको यो अवधिमा १५ अर्ब ८ करोड करोड रुपैयाँले ४७ करोड ८३ अर्ब रुपैयाँ मात्रै उठेको छ । सरकारले ४० प्रतिशत भन्सार राजस्व वृद्धिको लक्ष्य राखेकोमा पहिलो २ महिनामा २४ प्रतिशत कम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्