बाइटडान्सले ओ-याकललाई सिस्टम र प्रविधि नदिने «

बाइटडान्सले ओ-याकललाई सिस्टम र प्रविधि नदिने

ग्वानझोउ-सोसल मीडिया एप टिकटक अमेरिकामा संचालनका लागि भएको सम्झौतामा बाइटडान्सले सिस्टम र प्रविधि ओ-याकललाई नदिने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारको सम्झौतामा टिकटक ग्लोबलको अमेरिकी मुख्यालय राख्ने बताएका थिए । यसमा ओ-याकल र वालमार्टको अल्पसंख्यक हिस्सा हुनेछ । ओ¥याकल टिकटकको सुरक्षित क्लाउड प्रदायक र अमेरिकी प्रयोगकर्ताको प्रायोजक हुने छ ।
तर, यो सम्झौतामा सिस्टम र प्रविधिको कुनै हस्तान्तरणलाई सूचिकृत नगरिएको बाइटडान्सले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको सट्टा ओ¥याकलले स्रोत कोड परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ ।
“हालको योजनाले कुनैपनि सिस्टम र प्रविधि हस्तान्तरणलाई संलग्न गर्ने योजना बनाएको छैन । ओ¥याकललाई टिकटक यूएसएको स्रोत कोड परीक्षण गर्ने अधिकार रहने छ,” बाइटडान्सको विज्ञप्तिमा भनिएको छ ।
स्रोत कोडले एप्लिेकेशन र सफ्टवेयरको आधारको स्वरुप तयार पार्नेछ । स्रोत कोडको निरिक्षण स्थानीय डाटा सुरक्षा चासोलाई सम्बोधन गर्ने सामान्य अभ्यास हो ।

प्रतिक्रिया दिनुहोस्