न्यूजिल्यान्डको प्रसिद्ध शहरमा किन आउदैनन् विदेशी ? «

न्यूजिल्यान्डको प्रसिद्ध शहरमा किन आउदैनन् विदेशी ?

क्विन्सटाउन-एक सामान्य वर्षमा न्यूजिल्यान्डको सर्वाधिक ठूलो निर्यात भनेको उसको अन्तर्राष्ट्रिय पर्यटन हो । यसको अतुलनीय अल्पाइन दृश्य, साहसिक खेल र भाइनयार्डका साथ सामान्य रुपमा क्विन्सटाउन मनमोहक देखिन्छ । तर १९ मार्चदेखि अन्तर्राष्ट्रिय सीमामा प्रतिबन्ध लाग्नाले यो शहरमा थोरै मात्र विदेशी आवाज सुन्न पाइन्छ ।
बार बन्द छन् । आधा सातासम्म डुंगा नदी भन्दा बाहिरनै रहेका छन् र सबैभन्दा ठूलो स्की क्षेत्रमा सोमबारदेखि शुक्रबार सम्म बन्द रहन्छ । क्विन्सटाउन लेक्स डिस्ट्रिक्टका मेयर जिल बाल्टका अनुसार यो एक कारको प्रज्वलनमा ताल्चा बन्द गर्ने जस्तो रहेको छ । यहाँ सबै बन्द भएका छन् । स्थानीय व्यापार, रोजगार र स्थानीय अर्थव्यवस्थामा नराम्रो असर परेको छ ।
कोभिड–१९ को महामारीका कारण विश्वभरीमा अन्तर्राष्ट्रिय सीमामा प्रतिबन्ध लगाइएको छ । यसले क्योटोदेखि एम्सटर्डम जस्ता प्रतिष्ठित ठाउँको भ्रमणका लागि प्रतिबन्धित गरिएको छ ।
२०१९ मो मार्च सम्म न्यूजिल्यान्डमा विदेशी यात्रीले १२ महिनामा ११.५ अर्ब डलर खर्च गरेका थिए । यो क्षेत्र पर्यटकको खर्चको मामिलामा करिब ४० प्रतिशतको हाराहारीमा चलिरहेको छ । विदेशीको तुलनामा स्वदेशी पर्यटक कम खर्चालु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्