Logo

डडेल्धुराका सबै विद्यालयमा वन वातावरणसम्बन्धी स्कुल शिक्षा कार्यक्रम लागू

डडेल्धुरामा सबै विद्यालय कक्षा ८ देखि १२ कक्षासम्मका बालबालिकाहरूलाई लक्षित गरी डिभिजन वन कार्यालयले स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको छ । विद्यालयका बालबालिकाहरूलाई वन वातावरणसम्बन्धी जनाकारी दिने ३१ वटा लेख किताबमा समावेश गरिएका छन् । वातावरणीय सवालमा बालबालिका र युवाप्रति हामी उदासीन रहन्छौं । डिभिजनल वनअधिकृत विष्णुप्रसाद आचार्यले भने, उनीहरूलाई के थाहा छ ? किन जान्नु प¥यो यस्ता कुरा ? भन्दै हामी कैयौँ कुरा त्यतिकै ओझेलमा पारिदिन्छौं ।
वन र वातावरणसम्बन्धी जानकारी गराउन विद्यालय तहका विद्यार्थीहरूलाई वन, वातावरणका कुरा राख्नुपर्ने उनी बताउँछन् । हाम्रो देशको वन व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे विद्यार्थीहरूलाई जाकारी गराउन, क्षेत्र छन्, राष्ट्रिय निकुञ्ज, भूसंरक्षण, जलवायु परिवर्तनको सवाल, वातावरण दिवस, जैविक विविधता, वन विज्ञानमा उच्चतह पढ्ने, इको क्लब, हाइकिङ, ट्रेकिङ लगायतका बारेमा जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको डिभिजनल वन अधिकृत आचार्यले बताएका छन् ।
डडेल्धुरामा कुल भू–भागको करिब ७५ प्रतिशत भू–भागवन क्षेत्रले ढाकेको छ । अहिलेको पुस्ताले वन क्षेत्रलाई पर्याप्तमाया गरेको र जिम्मेवारी बोध गराउन यो पुस्तक आवश्यक छ । उनले भने, जलस्रोत, जैविक विविधताको स्रोत, पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा रहेको यस जिल्लाको बारेमा बालबालिकाहरूलाई ज्ञान दिन यस पुस्तकले सहयोग गर्नेछ ।
पुस्तकमा जिल्लाको कुल वनको क्षेत्रफल, चुरे संरक्षणका प्रयासहरू, वनको अवस्था, पाटेबाघको महाभारत यात्रा, मानव वन्यजन्तु द्वन्द्वलगायत ३१ वटा लेखहरू समावेश गरिएको उनले बताए । यो स्कुले केटाकेटीका लागि महत्वपूर्ण सामग्री बन्ने छ भन्नेमा हामी विश्वस्त छौं । उनले भने अहिले देशव्यापी रूपमा मैले करिब हजार जति डिजिटल कपि बाढी सकेको छु । सारै राम्रो प्रतिक्रिया आएको उनले बताए । यस आर्थिक वर्षदेखि डडेल्धुराका सबै विद्यालयमा पढाइ हुने र अहिले १ हजार थान किताब प्रकाशित गरेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले कारोबार दैनिकलाई जानकारी दिए ।

हरिशचन्द

प्रतिक्रिया दिनुहोस्