विदेशमा रहे पनि नेपाल र नेपालीको सेवामा खटिएका छौं :डाक्टरहरू भन्छन् «

विदेशमा रहे पनि नेपाल र नेपालीको सेवामा खटिएका छौं :डाक्टरहरू भन्छन्

लण्डन-गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरूले आफ्नो धारणा राखेका छन् ।
उक्त कार्यक्रममार्फत डाक्टरहरूले आफू विश्वका जुनसुकै मुलुकमा रहे तापनि नेपाल तथा नेपालीहरूका लागि सक्दो सहयोग पु¥याएको बताए ।
कार्यक्रममा बोल्दै डा. बोधा सुवेदी (युरोप हेल्थ टिम) ले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताए ।
‘हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरूलाई समेटेर अगाडि बढेका छौं । यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ,’ उनले भने ।
फेसबुक, जुमलगायत माध्यमबाट पनि संसारभरका नेपालीहरूलाई आफूहरूले सक्दो सहयोग पु¥याएको तथा सचेतनाका कार्यक्रमहरू उर्जागर गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरू साउदी, कतार, यूएई, कुवेतलगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरूको संख्या एकदमै कम रहेको बताए ।
यी मुलुकहरूमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरूको संख्या कम हुनु दुःखद् भएको उहाँको भनाइ थियो ।
खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरूमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उनले उल्लेख गरे ।
आफूले सक्दो रूपमा नेपालीहरूलाई सचेतना तथा परामर्शका कार्यक्रमहरू गरेको जानकारी दिए ।
त्यसैगरी डा. एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरूले कोरोना भाइरससँग लड्न र नेपालीहरूलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताए ।
उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम), डा. बोधा सुवेदी (युरोप हेल्थ टिम), डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम), डा. भुपेश खड्का (अमेरिका), डा. रमेश खोजु (युके), डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त (अस्ट्रेलिया), डा. एलिनी पोख्रेल (पोल्याण्ड), डा सुनिल शाह (युके) लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरूलाई साथ र सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै अस्ट्रेलियाबाट एनएमडीएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटा र डा. कुश श्रेष्ठले गरे ।

महामारीमा नर्सहरूको अनुभव
दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आइतबार आयोजित ‘कोरोना महामारीमा नर्सहरूको भूमिका’ विषयक कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा फ्रन्ट लाइनमा खटिएर काम गर्नुभएका स्वास्थ्यकर्मीहरूले आफ्नो अनुभव साटासाट गर्नु भएको छ ।
महामारीमा पनि आफूहरू सक्रिय भएर निर्डर रूपमा संक्रमितहरूको हेरचाह गरको उल्लेख गरे ।
त्यस्तै संक्रमितहरूको मनोबल बढाउन समेत आफूहरूले सक्रिय भूमिका निर्वाह गरेको उनीहरूको धारणा थियो । महामारीसँग जुध्न थुप्रै चुनौती रहे पनि चुनौतीका बीच आफूहरूले सक्दो रूपमा सहयोग पु¥याएको उनीहरूले उल्लेख गरे ।
कार्यक्रममा नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष मनाकुमारी राइ, अन्जु बञ्जाडे –यूएसए), डा. तारा शाह, दुर्गालक्ष्मी श्रेष्ठ, सरस्वती शाह, सुन्दरी लामा, गंगा खनाल, लिलानाथ पाण्डे, सावित्रि रानाभाट, मनिता मालाकार (अस्ट्रेलिया), विनोद विकास सिम्खडा, कल्पना घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए ।
एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले समेत आफ्नो धारणा राखेका थिए ।
पसुन्ना कडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा २० भन्दा बढी मुलुकमा रहेका १ सयभन्दा बढी नर्सहरूको उपस्थिति थियो । त्यस्तै अन्य विभिन्न स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको समेत उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्