सम्पत्ति शुद्धिकरण गर्न सहकारीहरुलाई सफ्टवेयर «

सम्पत्ति शुद्धिकरण गर्न सहकारीहरुलाई सफ्टवेयर

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले सहकाी संस्थाहरुलाई सम्पति शुद्धिकरण र आतंककारी क्रियकलावबट हुन लगानी रोक्नका लागि नयाँ सफटवेयर तयार गरेको छ ।
उक्त सफ्टवेयरले ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाका लागि पनि उपलब्ध गराउने भएको छ ।
उक्त कार्यका लागि डेटम सिस्टम्स प्राइभेट लिमिटेड र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडबीच समझदारी भएको छ । सो समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।
यस समझदारीबाट सहकारी संस्थाहरुले अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सहकारी विभागले समय समयमा दिएका निर्देशन बमोजिम ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमा जोखिम निर्धारण गर्न सक्ने छन् । ग्राहकको पेशा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरी च्यानेलसमेतको आधारमा जोखिम निर्धारण गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्