रोलिङ नेक्सस डट कमको औपचारिक शुभारम्भ «

रोलिङ नेक्सस डट कमको औपचारिक शुभारम्भ

रोलिङ नेक्सस डट कमको औपचारिक शुभारम्भ भएको छ । व्यावसायिक सामाजिक सञ्जाल एकवर्ष अगाडि स्थापना भएको र शुक्रबारदेखि औपचारिक सुरुवात पनि भएको कम्पनीले जनाएको छ ।
रोलिङ नेक्सस डट कमलाई रोलिङ प्लान्स प्राइभेट कम्पनीले आफ्ना ब्रान्डको रुपमा स्थापना गरी बजारमा ल्याएको जनाएको छ । यो एउटा अनलाइनमा आधारित व्यवसायिक सञ्जाल हो । यसको मूख्य सिद्धान्त दक्षता अभिवृद्धि, रोजगारी सिर्जना तथा प्रबद्र्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर सम्भावनाहरुको खोजी ४ गीग इकोनोमको अवधारणमा रहेर उद्यमशीलताको प्रबद्र्धन तथा व्यवसायिक बृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्