एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने «

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने सुविधा ल्याएको छ ।
यस कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
साथै यस बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा असोज १४ गतेसम्म ५० नगद उपहार प्राप्त हुने व्यवस्था खल्ती वालेटले गरेको जनाइएको छ । खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्