फोर्डको फेस्टिभ सिजनका नयाँ अफर «

फोर्डको फेस्टिभ सिजनका नयाँ अफर

नेपालका लागि फोर्ड गाडीको आधारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत गरेको छ । कम्पनीले फोर्डका कारहरु फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।
यो वर्षको फोर्ड फेस्टिभ अफरअनुसार उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्छन् र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बिमाजस्ता नियमित लाभ लिन सक्ने कम्पनीले जनाएको छ । जीओका अनुसार गाडीको बुकिङमा नगद छुट, सडक कर र बिमाको नियमित लाभहरुबाहेक ग्राहकले तीनमध्ये एक योजना छनोट गर्न सक्छन् ।
पहिलो योजनामा ग्राहकले बक्सबाट तीनवटा स्क्र्याच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउँछन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार र बढीमा एक लाख ५० हजार रुपैयाँसम्म हुन्छ । यो अफरअन्तर्गत ग्राहकले विस्तृत बिमा र आधारभूत एसेसोरिज प्राप्त गर्छन् ।
दोस्रो योजनाअनुसार ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुनेछ । जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजबापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले एसेसोरिज र बिमा पनि प्राप्त गर्छन् ।
तेस्रो योजना हो( स्थगित भुक्तानी अर्थात् डिफर्ड पेमेन्ट । योजनाअनुसार ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सकिन्छ । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिन्छ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नुपर्छ । बाँकी रकम तिरिसकेपछि बैंक लोनका लागि प्रस्ताव अगाडि बढाउनेछ ताकि ग्राहकले बैंकको किस्ता पहिले ब्यहोर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्