दसैंमा डिशहोमको डबल धमाका «

दसैंमा डिशहोमको डबल धमाका

चाडपर्वको अवसरमा डिसहोमले दोहोरो अफर दिएको छ । डिसहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्न भन्दै डिलर दाइको डिस्काउन्ट अफरलाई निरन्तरता दिएर दोहोरो मौका दिएको हो ।
कम्पनीको डिसहोममा डिलर दाइको डिस्काउन्ट अफरअन्तर्गत ग्राहकले दुई वर्षको रिचार्ज गरे लक्की ड्रमा उपहार जित्ने दोब्बर मौका पाउनेछन् । योजनाअनुसार सातामा दुईजना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक९एक लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।
साप्ताहिक लक्की ड्र विजेताको घोषणा डिजिटल प्रणालीमार्फत गरिन्छ । अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्