निगमले लकडाउनदेखि भदौ १५ सम्म २ अर्ब रुपैयाँ कमायो «

निगमले लकडाउनदेखि भदौ १५ सम्म २ अर्ब रुपैयाँ कमायो


नेपाल वायुसेवा निगमले २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चैत ११ देखि भदौ १५ सम्म निगमले चार्टर र कर्गाे उडानमार्फत २ अर्ब बढी रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ । उद्दार उडानमार्फत निगमले १ अर्ब २० करोड र ८० करोड कार्गो गरी कुल २ अर्ब रुपैयाँ यो समयमा निगमले आम्दानी गरेको निगमका कार्यकरी अध्यक्ष सुशील घिमिरेले बताए । निगमले ग्राउन्ड ह्यान्डलिङबाट १७ करोड रुपैयाँ आर्जन गरेको छ ।
ओम्नी समूहले चार्टबापतको निगमलाई बुझाउनु पर्ने करिव १ करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको छ । निगमले रकम असुलीको लागि ताकेता गरे पनि हालसम्म सो रकम प्राप्त नभएको जनाएको छ । निगमले लकडाउन पछि भदौ महिनासम्म चार्टरमा–११५ र कार्गो करिब डेढ दर्जन भन्दा बढी र नियमित उडान ८ भएको निगमले जनाएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न अन्तर्राष्ट्रियतर्फ चैत ९ र आन्तरिकमा चैत ११ गतेदेखि प्रतिबन्ध लगाएको थियो ।
निगमले चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्डउडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्दारमा गरेको थियो । निगमले दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तब्यबाट उद्दार उडान गरिरहेको छ । निगमका एयरबस–३३०का दुई र एयरबस–३२०का दुई गरी कुल ४ विमानले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्