मेगा बैंकको १८ लाख कित्ता सेयर बिक्री खुल्ला «

मेगा बैंकको १८ लाख कित्ता सेयर बिक्री खुल्ला

मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आह्वान गरेको छ ।
मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४.९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९.६३ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो । सर्वसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् ।
त्यसका लागि न्यूनतम १ सय रुपैयाँ र त्यस भन्दा बढी कतिमा सेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।
मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती सेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्