मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री शान्ति ठटाललाई «

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री शान्ति ठटाललाई

महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार २०७६ प्राप्त गरेका छन् । त्यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटालले पाएकी छन् ।
६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पु-याएकाले ठटाललाई पुरस्कृत गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।
२०७६ सालमा प्रकाशित पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएको र त्यसबाट सात पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोट भएका थिए ।
महारानीका साथै जोकरको बन्दुक, धर्सैधर्साको चक्रव्यूह, परित्यक्ता, महारसनिघण्टु, मोहपथ र यात्रामा सूचीमा परेका थिए ।
२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०१३ सालमा पहिलोपल्ट गद्य विधामा सत्यमोहन जोशीलाई ‘हाम्रो लोक संस्कृति’, समाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’लाई मदन पुरस्कार प्रदान गरेको थियो ।
त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो। यो पुरस्कार पहिलोपटक नारायण गोपालले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्