विश्वकै विषालु च्याउ, छृुदैमा बिरामी «

विश्वकै विषालु च्याउ, छृुदैमा बिरामी

क्यानेरा-च्याउ प्रोटीन र फाइबरको सबैभन्दा राम्रो स्रोत हो । यसको एन्टि अक्सिडेन्ट गुणका कारण सुपरफुडको श्रेणीमा राखिएको छ । यो एक प्रकारको ढुसी हो, जुन वर्षातको समयमा कुहिएका कार्बनिक पदार्थमा आपैm उम्रन्छ । तर सबै प्रकारका च्याउ खान लायक हुदैनन् । केही च्याउ विषालु पनि हुन्छन् । शोधकर्ताले यस्तो प्रकारको च्याउ पत्ता लगाएका छन्, जुन खतरनाक र विषालु हुने गरेको छ । यो च्याउ खानु त परै जाओस् छुदा पनि बिरामी भइन्छ ।
रातो रंगको यो विषालु च्याउ अस्ट्रेलियामा पाइन्छ । यो भन्दा पहिले यो च्याउ जापान र कोरियामा पाइने जानकारहरुले बताउदै आएका थिए । तर, यो अस्ट्रेलियाको क्विन्सल्यानडमा पनि पाइन्छ ।
मीडिया रिपोर्ट्सका अनुसार यो विषालु च्याउका कारण जापान र दक्षिण कोरियामा कयौ मानिसको मृत्यु समेत भइसकेको छ । मानिसहरुले यसलाई परम्परागत चिकित्सामा प्रयोग गरिने खानेकुरा सम्झेर चियाँमा हालेर पिएका थिए । त्यसपछि उनीहरुको मृत्यु भएको थियो ।
वैज्ञानिकका अनुसार यो यती विषालु हुन्छ कि यो खानाले अंगहरु फेल हुन्छन् । मानिसको अंगले काम गर्न छोड्छ र दिमागलाई पनि नोक्सानी पु-याउछ । यती मात्रै होइनकी यो छुनाले मात्रै पनि शरीर सुन्नित थाल्छ । जेम्स कुक विश्वविद्यालयका शोधकर्ताका अनुसार यो एक मात्र यस्तो च्याउ हो, जसको विष छालाको माध्यमबाट शरीरमा भित्रिन थाल्छ ।
पोडोस्ट्रोमा कार्नु–डामा नामक यो विषालु च्याउलाई सबैभन्दा पहिले चीनमा १८९५ मा फेला पारिएको थियो । ताजा जानकारीका अनुसार यो च्याउ इन्डोनेसिया र न्यू पपुवा गिनीमा पनि देखिएको थियो ।
डां बेरेन्टलाई उद्र्धृत गर्दै बीबीसीले भनेको छ,“अस्ट्रेलियामा च्याउ त्यती मन पराइन्न । यही कारणले हाल सम्म यो विषालु च्याउ पत्ता नलागेको हो ।” एक रिपोर्टका अनुसार विगत ६ महिनामा २० भन्दा अधिक यस किसिमका च्याउको प्रजाती भएका छन्, जसलाई बेवास्ता गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्