विज्ञान–प्रविधि क्षेत्रमा चीनले अमेरिकालाई उछिन्यो «

विज्ञान–प्रविधि क्षेत्रमा चीनले अमेरिकालाई उछिन्यो

टोकियो-२०१६ देखि २०१८ सम्मको अवधिमा प्राकृतिक विज्ञान क्षेत्रमा चीनले अमेरिकाले भन्दा बढी एकेडेमिक पेपर प्रकाशित गरेको जापानको नेशलन इन्सटिच्यूट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसीको रिपोर्टमा उल्लेख गरिएको छ । यो क्षेत्रमा चीनले अमेरिकालाई उछिनेको पहिलो पटक हो । तेस्रोमा जर्मनी रहेको छ भने जापान चौथो स्थानमा ओर्लिएको छ । कुनै पनि देशले यो क्षेत्रमा प्रकाशित गरेको पत्रका आधारमा यो सूची तयार पारिएको हो । यही सूचीका आधारमा मुलुकको अनुसन्धान र विकास क्षमताको मूल्यांकन गरिन्छ ।
यो अवधिमा चीनले ३,०५,९२७ पेपर प्रकाशित गरेको छ । यो कुलको १९.९ प्रतिशत हो । दोस्रोमा रहेको अमेरिकाको २,८१,४८७ पेपर प्रकाशित गरेको छ । यो कुलको १८.३ प्रतिशत हो । तेस्रोमा जर्मनी रहेको छ । यसपछि जापान, बेलायत र भारत क्रमशः चौथो, पाँचौ र छैटौमा रहेका छन् । आठौ, नवौ र दसौमा इटाली, फ्रान्स र क्यानडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्