कोरोनासँग संघर्ष गर्दै बाँच्न सिकौं «

कोरोनासँग संघर्ष गर्दै बाँच्न सिकौं

अब विश्वमा नोभेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम हत्तपत्त हँुदैन भन्ने लगभग निश्चित भएको छ । किनभने भाइरल रोगका विज्ञहरूले नै कोरोना भाइरसको संक्रमण अब हत्तपत्त रोकिइहाल्ने छाँटकाँट छैन भनेका छन् । त्यति मात्रै होइन, केही विषय विज्ञहरूले यो महामारीले सन् २०२२ देखि २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राखिराख्न सक्छ भनेका छन् । त्यस्तै केही विषय विज्ञहरूले भने यो महामारी एचआईभी÷एड्सजस्तै दीर्घकालसम्म पनि रहन सक्ने भनेका छन् । उता पछिल्लो पटक संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (यूएनडब्लूएचओ) का प्रमुखले पनि कोरोना भाइरसको यो महामारी ठीक हुन कम्तीमा अभैm दुई वर्ष लाग्ने बताएका छन् । हुन पनि अहिलेसम्म कोरोना भाइरस स्थिर रहने वा कम हुने भन्दा पनि बढ्ने क्रम नै जारी रहेको देखिन्छ । जबकि सुरुमा कोरोना भाइरसको महामारी पैmलिरहँदा केही देशका नेताहरू (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत) सन् २०२० को मार्च अन्त्य वा अप्रिलको पहिलो हप्तासम्ममा कोरोना भाइरसको अन्त्य हुने भन्दै गफ छाँट्दै थिए ।
त्यसो त २०७७ असोज २ गते (सन् २०२० सेप्टेम्बर १८) सम्म विश्वमा ३ करोड ३ लाख ७३ हजार चानचुन मानिस कोरोना महामारीबाट संक्रमित भएका छन् । संक्रमितहरूमध्ये २ करोड २० लाख ५८ हजार चानचुन निको भएका छन् । त्यस्तै ९ लाख ५१ हजार चानचुन मानिस कोरोना महामारीबाट मरिसकेका छन् । त्यस्तै नेपालमा पनि असोज २ गतेसम्म ५९ हजार ५ सय ७३ जना मानिस कोरोना महामारीबाट संक्रमित भएका छन् । त्यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ । त्यस्तै संक्रमित भएका ५९ हजार ५ सय ७३ जनामध्ये ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्केका छन् ।
त्यस्तै असोज २ गतेसम्म नेपालमा ८ लाख ८२ हजार ९ सय १५ जनाले मात्रै पीसीआर परीक्षण गराएको तथ्यांक देखिन्छ । यो भनेको नेपालको सम्पूर्ण जनसंख्या ३ करोड मान्दा नेपालको सम्पूर्ण जनसंख्याको ३ प्रतिशतभन्दा पनि केही कम नै हो । त्यसो त नेपालमा पहिलो पटक लागू गरेको १ सय २० दिन लामो लकडाउन खुला गरेपछि कोरोना संक्रमित बढ्न थालेको भनी फेरि सरकारले कोरोना संक्रमण पैmलिन नदिन र कोरोनाबाट बच्न भन्दै भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो ।
जुन निषेधाज्ञा लकडाउनभन्दा पनि खतरा र कडा थियो । तर, यही निषेधाज्ञाको समयावधिमा नेपालमा तेब्बरभन्दा पनि बढी मानिस कोरोनाबाट संक्रमित भएर मरे भने कोरोना संक्रमितको संख्या पनि त्यसरी नै बढ्दै गयो । उता सरकारले पनि अति गरिब, दुःखी, दीनहीन, अति न्यून आए भएका सर्वसाधारण जनतालाई चाहिने अत्यावश्यक वस्तुहरू र आधारभूत सेवासुविधाहरू सर्वसुलभ ढंगले र पायक पर्ने ठाउँमा तत्कालै उपलब्ध हुन सक्ने आदि केही व्यवस्था नगरी लागू गरेको निषेधाज्ञाले गर्दा मानिस कोरोनाले भन्दा पनि खान नपाएर मर्ने स्थिति सिर्जना हुने देखिएपछि हाल पूर्ण रूपमा निषेधाज्ञा हटाइएको छ ।
भन्ने नै हो भने जर्मनी, बेलायत, ब्राजिलजस्ता विकसित देश जहाँ सबै कुरो राज्यले हेर्ने गर्छ, त्यस्तो देशमा त कोरोनाको बहानामा लागू गरिएको लकडाउन र निषेधाज्ञा अब त अति भो सरकार भनेर त्यहाँका जनता लकडाउन र निषेधाज्ञाका विरुद्घ सडकमा उत्रन थालेका थिए । नेपालमा पनि सरकारले आधारभूत तहबाट हेर्दा अति न्यून आय भएका, अति गरिब, श्रमिक, ज्यालादारी, अशक्त तथा रोगी, दीनहीन वा दिनदिनै काम नगरी खान नपाउने अवस्था भएका मानिसहरू र निम्नस्तरका सर्वसाधारणका लागि खानपिनको व्यवस्था र अत्यावश्यक चिजबिजहरूको व्यवस्थापन नगरीकनै ‘निषेधाज्ञा भनेको हाम्रो लागि होइन, तिमीहरूकै सुरक्षाको लागि हो’ भन्दै लगातार निषेधाज्ञा मात्रै लागू गरिरहेको भए अवस्था के हुन्थ्यो कुन्नि ! तर, लगभग ६ महिनाको यो अवधिमा कोरोनाबाट कसरी बच्ने ? भन्ने धेरै कुरो जानेको, बुझेको र सिकेको हुनाले अब हामीले कोरोना रोकथामका ती उपाय अपनाउँदै बाँच्न सक्नुपर्छ, अरू उपाय नास्ति ।
–निनाम कुलुङ ‘मंगले’
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्