सर्लाहीमा भारतीय नागरिकलाई नागरिक बनाईदिएको फरार अभियुक्त पक्राउ «

सर्लाहीमा भारतीय नागरिकलाई नागरिक बनाईदिएको फरार अभियुक्त पक्राउ

सर्लाहीमा झुठा विवरण पेस गरी भारतीय नागरिकलाई नागरिकता बनाइदिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २०७६ पुस ३ गते झुठा विवरण पेस गरी भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइ दिएको हल्ला चलेपछि फरार भएका भण्डारीलाई बुधबार विशेष सुचनाको आधारमा बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष सिंह राठौर ले बताए ।
पक्राउ पर्ने व्यक्ति बरथवहा नगरपालिका–२ घर भई हाल हरिवन नगरपालिका–१० ताइवान सुकुम्वासी टोल निवासी ५२ वर्षीय गिर्जबहादुर भण्डारी रहेको कार्यलय प्रमुख राठौरले बताए। नेपाली नागरीकता लिने भारतीय नागरिकलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।
झुटा विवरण पेश गरेर भारतको सितामढी बगमढी ग्राम पञ्चायत घर भएका २५ वर्षीय सीताराम सिंह राजपुतलाई आफ्नो छोरा भन्दै निरज भण्डारी नाम राखेर भण्डारीले नेपाली नागरिकता दिलाइ दिएका थिए । भारतीय नागरिकलाई नागरिकता बनाइदिएको हल्ला भएपछि विगत ८ महिनादेखि फरार रहेका भण्डारी जिल्लामै विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर भण्डारीले नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रउ राठौरले बताए । प्रहरीसँगको सोधपुछको क्रममा राजपुतले ना.प्र.नं. १९–०७–७६–०३१३३ नागरिकता गिर्जबहादुर भण्डारीको छोरा बनेर लिएको बयान दिएका थिए ।
राजपुतको बयानको आधारमा भण्डारीलाई प्रहरीले खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यलय बरहथवाको विशेष टोलीले गोप्य सुचनाको आधारमा विगत लामो समयदेखि फरार रहेको भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झुठा विवरण पेस गरी भारतीय नागरिकलाई नागरिकता बनाईदिने भण्डारीविरुद्ध २०७६ पुस ४ गते अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको रुपमा राठौर आए लगत्तै जिल्लामा अपराधिक क्रियाकलापमा संलग्न अपराधिहरूको निन्द हराएको छ । अपराधिहरू धमाधम पक्राउ हुन थालेपछि जिल्लामा अपराधिक क्रियाकलापमा उल्लेखनीय कमी आएको छ ।
झुठा विवरण पेस गरी नागरिकता बनाइदिने विरुद्ध कानुनी व्यवस्था

नागरिकता ऐनअनुसार झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

राधेश्याम कु्शवाहा

प्रतिक्रिया दिनुहोस्