भिम अस्पताललाई ५० शैय्याको बनाइने «

भिम अस्पताललाई ५० शैय्याको बनाइने

भैरहवा– प्रदेश ५ सरकारले भैरहवास्थित भिम अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । जिल्ला अस्पतालका रुपमा रहेको भिम अस्पताल अहिले कोभिड अस्पतालका रुपमा रहेको छ ।
बैठकले भिम अस्पतालसँगै अन्य पाँच जिल्ला अस्पतालहरु रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पालाई पनि ५० शैय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । बैठकले अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरे संगै भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी हुनेछ ।
बैठकले शब बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । रकम पाउने पालिकामा प्यूठान नगरपालिका,गुलरिया नगरपालिका,सिस्ने गाउँपालिका,रोल्पा नगरपालिका,सन्धिखर्क नगरपालिका,रामग्राम नगरपालिका रहेका छन् ।
बैठकले रेसुङगा नगरपालिका, गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने, असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने, नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारौ तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्