इस्टोनियामा इन्टरनेट निःशुल्क भएपनि हुदैन साइबर क्राइम «

इस्टोनियामा इन्टरनेट निःशुल्क भएपनि हुदैन साइबर क्राइम

इस्टोनिया-नेपालको इन्टरनेट शुल्क न सस्तो छ न त तीव्र गतीको नै । हालको सरकारले इन्टरनेट सेवा सस्तो उपलव्ध गराउने बताएपनि उल्टै कर वृद्धि गरेर झनै महँगो बनाएको छ । तर, युरोपको यस्तो एउटा देश छ, जहाँ तीव्र गतीको इन्टरनेट उपलव्ध छ ।
युरोपको इस्टोनियामा निःशुल्क इन्टरनेट उपलव्ध छ र यहाँको सबै सुविधा अनलाईन पनि छ । कर फिर्तादेखि लिएर पार्किङको भुक्तानी तथा कुकुर घुमाएको शुल्क समेत अनलाईन भुक्तानी गर्नुपर्छ । निःशुल्क इन्टरनेटका लागि यो देशले विश्वमै ख्याती कमाएको छ । यद्यपि इन्टरनेटका अतिरिक्त यहाँका अन्य कुराले पनि यो देशलाई विशेष बनाएको छ ।
इस्टोनिया एउटा सानो देश हो र यहाँको मुद्रा युरो हो । रुसबाट छुट्टिएपछि यो देशमा व्यापक आर्थिक सुधार आयो । आज यो मुलुक युरोपेली संघको ती देशको रुपमा मानिन्छ, जसको आर्थिक विकासको दर सर्वाधिक बढी छ । सन् २००० मै यो मुलुकमा सबै विद्यालय र कलेजमा इन्टरनेट निःशुल्क भइसकेको थियो ।
इस्टोनियामा इन्टरनेटका साथसाथै सार्वजनिक यातायात पनि निःशुल्क छ । सार्वजनिक यातायात निःशुल्क गराउनका लागि यहाँ जनमत संग्रह भयो र बहुमत प्राप्त भएपछि बस र ट्राम निःशुल्क भएको थियो ।
तर, अचम्मको कुरा के छ भने इन्टरनेट निःशुल्क भएपनि यहाँ साइबर क्राइम भने पटक्कै छैन । सरकाले बेला बेलामा इन्टरनेटको सही प्रयोगका लागि अभियान चलाउदै आएको छ । यहाँ घरेलू र विदेशी ग्याम्बलिङ साइटका लागि विशेष लाइसेन्सको आवश्यकता पर्छ । बिना लाइसेन्स वेबसाइटमा प्रतिबन्ध लगाइन्छ ।ं

प्रतिक्रिया दिनुहोस्