विश्वसामु मुश्किलःअमेरिका र चीन मध्ये कुन रोज्ने ? «

विश्वसामु मुश्किलःअमेरिका र चीन मध्ये कुन रोज्ने ?

सिंगापुर-वित्तीय र प्रविधि लगायत विभिन्न क्षेत्रमा अमेरिका अभैmपनि विश्वव्यापी नेताको रुपमा रहेको छ । तर, अन्य देशहरुले विश्वकै ठूलो अर्थतन्त्र अभैmपनि लिडिङ पावरकै रुपमा हेरिरहलान् भन्ने विषय स्पष्ट देखा नपरेको सिंगापुरमा आयोजना भएको शीखर सम्मेलनमा विज्ञहरुले बताएका छन् ।
भर्चुअल सम्मेलनको तेस्रो दिनमा बोल्दै नेताबिना र विभाजित विश्वको अवस्था नयाँ सामान्य अवस्था हुने उनीहरुले चर्चा गरेका थिए ।
विश्वव्यापी नेतृत्वमा आउने परिवर्तनको विषयमा भएका छलफलमा अमेरिकालाई सुपरपावर मानिएको थियो । उसलाई विश्वव्यापी संगठनहरुले राम्रो व्यवहार गर्दै आएका थिए । तर पछिल्लो समयमा चीन उदाइरहेको र कतिपय क्षेत्रहरुमा अमेरिकी सर्वोच्चतालाई चुनौती दिन थालेको छ ।
एक वक्ता इआन ब्रेमबरले निकट भविष्यमै विश्व नेता विहिन हुने बताए ।्
“यदी वास्तवमै साचो नेतृत्व हुने हो भने यो अमेरिकाबाट आउनु आवश्यक देखिन्छ,” उनले बताए । अमेरिका अभैmपनि विश्वव्यापी नेता भएको उनले बताए । यसका प्रविधि फर्महरु महामारीको समयमा पनि व्यापक विस्तार भइरहेका छन् । संचित मुद्रा र अमेकिरी बैंकहरुको बलियो पक्षको रुपमा अमेरिकी डलरको भूमिका रहदै आएको छ ।
तर यती बलियो पक्ष हुदाहुदै पनि अमेरिकाले नेतृत्वप्रति उदासिनता देखाएको बर्मरले बताए ।
नेता बिनाको विश्वले अमेरिकालाई नभई अन्य मुलुकहरुलाई हानी पु¥याउने उनले थपे ।
कस्को पक्ष लिनेः अमेरिका वा चीन ?
यो बहस पनि विश्वव्यापी शक्तिको रुपमा चीनको उदयमा केन्द्रीत भएको छ र अमेरिकाले छोडेका ठाउँहरुमा नेतृत्व पूर्ति गर्नेतर्फ अगाडि बढेको देखिन्छ ।
तर चीन अभैmपनि अन्तर्राष्ट्रिष्य मञ्चहरुमा नेतृत्वदायी भूमिका खेल्ने अवस्थामा नरहेको धेरै टाढा भएकाप्रति विज्ञहरु पनि सहमत देखिएका छन् ।
चीन स्वयंले पनि बारम्बार आपूm अमेरिकालाई विस्थापित गर्न इच्छुक नभएको र आफ्ना आदर्शहरु विश्वव्यापी रुपमा निर्यात गर्ने पक्षमा नरहेको बताउदै आएको सिंगुवा युनिभर्सिटीका डिन यान सुइटोङले बताए ।
तर, अभैmपनि अमेरिका–चीनबीचको प्रतिद्वन्द्वीताले अन्य मुलुकहरुलाई दुई मध्ये एक छान्ने समय आएको देखिएको छ । अन्य देशहरु आर्थिक रुपमा चीनमाथि र सुरक्षाको मामिलामा अमेरिकामाथि निर्भर रहदै आएका छन् । यस किसिमको अडान लिनेमा उनले सिंगापुर, जापान, जर्मनी र फ्रान्सको उदाहरण प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्