अमेरिकाले नचाँहदा नचाहदै सिंगापुर बन्यो ‘चिनियाँ टेक हब’ «

अमेरिकाले नचाँहदा नचाहदै सिंगापुर बन्यो ‘चिनियाँ टेक हब’

सिंगापुर-वासिङटन र बेइजिङबीच तनाव बढेपनि केही ठूला चियनियाँ प्रविधि फर्महरुले सिंगापुरमा आफ्नो संचालन विस्तार गरेका छन् ।
टेनसेन्ट र अलिबाबाले यो सहरमा आफ्नो उपस्थितिलाई बढाइरहेका छन् भने टिकटकको मालिक बाइटडान्सले पनि अर्बौ डलरको लगानी गर्ने बताएको छ ।
तटस्थ यो क्षेत्रको अमेरिका र चीन दुवैसँग राम्रो सम्बन्ध रहदै आएको छ ।
विशेषगरी प्रविधिको विषयलाई लिएर वासिङटन र बेइजिङबीचको सम्बन्ध व्यापक बैरी रहदै आएको छ ।
टेनसेन्टले यसै साता घोषणा गरेको छ,“दक्षिण पूर्वी एसिया र यो भन्दा पर आफ्नो बढ्दो व्यवसायलाई सहयोग गर्नका लागि हामी सिंगापुरमा व्यवसाय विस्तार गर्दैछौ ।”
यो नयाँ क्षेत्रिय कार्यालयलाई दक्षिण पूर्वी एसियमा हाल रहेको कार्यालयको ‘अतिरिक्त रणनीतिक’ कार्यालय भएको बताइएको छ ।
टेनसेन्टको विच्याट मेसेजिङ एपले यसै महिना अमेरिकी प्रतिबन्धको सामना गर्दैछ । उ सँगै टिकटकमाथि पनि प्रतिबन्ध लाग्ने छ । ट्रम्प प्रशासनको मातहतमा चिनियाँ एप्स र प्रविधि फर्मलाई निशाना बनाउने काम तीव्र भएपछि यी प्रविधि फर्महरुमाथि अमेरिकी प्रतिबन्ध लागेको हो ।
डोनाल्ड ट्रम्पले यो भन्दा पहिलेनै चिनियाँ दुर संचार फर्म हुवावेमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
“सिंगापुर प्रविधिमा रहेको तुलनात्मक लाभका कारण आदर्श थलो हुन सक्छ । चीनसँग यसको भौगोलिक सामिप्यता र दक्षिणपूर्वी एसियामा आविष्कारको केन्द्रको रुपमा यसको लाभ अत्यन्त राम्रो छ,” अक्सफोर्ड इकोनोमिक्सका टमी वुले बताए ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्