धेरै कारणले टुट्यो बोइङः पाइलट प्रवक्ता «

धेरै कारणले टुट्यो बोइङः पाइलट प्रवक्ता

वासिङन-अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले समस्याग्रस्त बोइङ–७३७ म्याकसको फिर्ती कोशेढुंगामा पुग्ने अपेक्षा गरेको छ । ३४६ मानिसको ज्यान जानेगरी भएको डर लाग्दो दुर्घटनापछि यो जेट झन्डै १८ महिनासम्म ग्राउन्डेड भइसकेको छ ।
यो विषमा रुसी अनलाईन पोर्टल आरटीको आरटी बस्टले एलाईड पाइलट्स एसोसिएसनका प्रवक्ता समेत रहेका क्याप्टेन डेनिश टाजेरले कुराकानी गरेको थियो ।
यो विषयमा उनले भने,“बोइङ टुट्नुमा इन्जिनियरिङ डिजाइन मात्रै नभएर विभिन्न कारण जिम्मेवार रहेका छन् ।” “मलाई लाग्छ, एसेम्बली लाइन फ्लोर मात्रै नभएर उनीहरुले अन्य चिजमा पनि ध्यान दिनु आवश्यक छ । उनीहरुले भ¥याङदेखि लिएर माथिल्लो तल्ला (फ्लोर) मा पनि ध्यान दिनु पर्छ । किनभने सुरक्षा संस्कृतीदेखि लिएर दुर्घटना परीक्षण सम्मका विषय गंभीर छन् ।”
“अन्तिम प्रयोगकर्ताको रुपमा हामीले सिस्टम निर्धारण भएको विषय थाहाँ पाउनु आवश्यक छ । किनभने जुन प्रणाली म्याक्समा त्रुटीपूर्ण भयो, त्यो हामी दोहो¥याउन चाहन्नौ,” उनले थपे ।
क्याप्टेनका अनुसार“यो आरामदायी भाग होइन, तपाईले धेरै चिजमा सवाल गर्न सक्नु हुने छ । त्यसलाई विश्वास भनिन्छ । तर, उडानको आदर्शको परीक्षण गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्