नबिल बैंकले मुद्दति निक्षेपमा ९.५% प्रतिशतसम्म ब्याज दिने «

नबिल बैंकले मुद्दति निक्षेपमा ९.५% प्रतिशतसम्म ब्याज दिने

नबिल बैंकले मुद्दति निक्षेपको ब्याज दर बढाएको छ । बैंकले एक बर्षभन्दा माथि अवधि भएको निक्षेपको ब्याज दर बढाएको हो ।
बैंकले १३ देखि २४ महिनासम्म निक्षेप गर्नेलई वार्षिक नौं प्रतिशत ब्याज दिने भएको छ । समाजप्रति उत्तरदायी हुँदै ब्याज बढाएको नबिलले जनाएको छ ।
नबिलले मुद्दति खाताको ब्याज बढाएपनि कर्जाको ब्याज भने घटाएको छ । बैंकले साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जा सस्तोमै दिने स्किम ल्याएको छ ।
“नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दति खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा त्यसको लागत घटाउने हुनाले नयाँ योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउने छ,” बैंकले विज्ञप्तिमा भनेको छ ।
एक वर्षसम्मको मुद्दतिको ब्याज पनि बढाएर साढे ८ प्रतिशत पु¥याएको छ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५ प्रतिशत ब्याज दिने छ ।
बैंकले घर कर्जा ७.४९५ प्रतिशत ब्याजमै उपलब्ध गराउने छ । व्यक्तिगत ओभरड्राफ्ट ७.९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने बैंकले जनाएको छ । एक करोडसम्मको कर्जा ७.४९५ र एक करोडभन्दा माथिको कर्जामा ७.९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्