मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप «

मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप

मेटलाइफले बिमासम्बन्धी सेवा र सुविधाको पहुँच बढाउन र आफ्नो बिमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएको छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने जनाइएको छ ।
डिजिटल थिमअन्तर्गत मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारी र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत एपको अनावरण गरे ।
मेटलाइफ नेपालको ग्राहक सेवा एप दुवै निःशुल्क डाउनलोड गर्न सकिन्छ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रिमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रिमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्ने जनाइएको छ ।
ग्राहकले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको जनाइएको छ । नयाँ बिमा पोलिसी लिन इच्छुक ग्राहकले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्