एनआईसी एशिया बैंक किया मोटर्सको फाइनान्सिङ पार्टनर «

एनआईसी एशिया बैंक किया मोटर्सको फाइनान्सिङ पार्टनर

एनआईसी एसिया बैंक कन्टिनेन्टल ट्रेड्रिङको वित्तीयकरण साझेदार बनेको छ । बैंक र कियाको नेपालका लागि आधिकारिक वितरकको फाइनान्सिङ पार्टनर बन्ने सहमति भएको हो । उक्त समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे ।
समझदारी अनुसार बैंकले कियाका ग्राहकलाई सवारी कर्जामा थप सहजता प्रदान गर्नेछ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरूले भरिपूर्ण कर्जामार्फत् कियाको कारहरू किन्न सकिन्छ ।
यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकले लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्