चिनियाँ भर्सनको टिकटकको दैनिक सक्रिय प्रयोगकर्ता ६० करोड «

चिनियाँ भर्सनको टिकटकको दैनिक सक्रिय प्रयोगकर्ता ६० करोड

सिंगापुर-लोकप्रिय सर्ट–भिडियो सेयरिङ एप टिकटकको चिनियाँ भर्सनको दैनिक सक्रिय प्रयोगकर्ताको संख्या अगस्टसम्म ६० करोड पुगेको पेरेन्ट कम्पनी बाइटडान्सले जनाएको छ ।
गत वर्ष मात्रै २ करोड २० लाख सर्जकहरुबाट ४१.७ अर्ब युआन(६.१५ अर्ब डलर) आम्दानी भएको बाइटडान्स चाइनाका सीईओ केली झाङले बताए । टिकटकमा भिडियो बनाउनेहरुलाई सहयोग गर्नका लागि ट्राफिक रिसोर्समा १० अर्ब युआन लगानी गर्ने योजना बनाइएको र आगामी वर्षमा ८० अर्ब युआनको आम्दानी गर्ने पनि कम्पनीले जनाएको छ ।
चिनियाँ भर्सनको डोयूयीन र अन्तर्राष्ट्रिय भर्सन टिकटकले लामो यात्रा गरिसकेका छन् । यसले निजी स्वामित्वको सर्वाधिक मूल्यवान चिनियाँ कम्पनी बनाएको छ ।
जुलाईमा टिकटकले झन्डै ७० करोड मासिक सक्रिय प्रयोगकर्ता भएको र २ अर्ब भन्दा बढी विश्वव्यापी डाउनलोड भएको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्