एलजीको अपग्रेड टु हेल्दी लाइफ स्टाइल अफर «

एलजीको अपग्रेड टु हेल्दी लाइफ स्टाइल अफर

एलजी नेपालले विभिन्न् चाडपर्वलाई लक्षित गरी अपग्रेड टु हेल्दी लाइफ स्टाइल अफर ल्याएको छ । स्वच्छ रहौं र एलजीसँग अझै धेरै बचत गरौं भन्ने नारासहित कम्पनीले जारी गरेको अफरअन्तर्गत एलजीका कुनै पनि घरायसी सामानको खरिदमा ४० प्रतिशत छुटका साथै आकर्षक उपहारहरु प्रदान गरेको छ ।
विभिन्न् सामानहरु खरिद गरी घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकका लागि लक्षित नयाँ अफर ल्याएको कम्पनीले जनाएको छ । नयाँ अफरमा ४० प्रतिशतसम्म क्यास ब्याकका साथै घरेलु उपकरणहरु खरिद गर्दा अकर्षक उपहार प्रदान गरेको कम्पनीले जनाएको छ ।
घरेलु उपकरणअन्तर्गत साइड बाइ साइड रेफ्रिजेरेटर खरिद गर्दा एलजीको माइक्रोवेभ ओभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, ८ केजीसम्मको फ्रन्टलोड वासिङमेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दा माथि र वासर ड्रायर वासिङमेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आइरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा निःशुल्क जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गरेको छ ।
एलजी टिभी म्युजिक सिस्टम, भ्याकुम क्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४० प्रतिशतसम्म क्यास ब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो अफर भदौ २८ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने एलजीको आधिकारीक बिक्रेता सिजी इम्पेक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्