भेडेटारका होटल व्यवसायीले भोलिदेखि होटल सञ्चालन गर्ने «

भेडेटारका होटल व्यवसायीले भोलिदेखि होटल सञ्चालन गर्ने

धनकुटा- सरकारले कोरोना भाइरस संक्रमण कम गर्न भन्दै लकडाउन गरेसँंगै बाह्य पर्यटकको आगमन ठप्प भएपछि भेडेटारका होटल व्यवसायीले व्यवसाय सञ्चालन गर्न माग गर्दै धनकुटा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
लामो समयको लकडाउनका कारण होटल व्यवसायी धरासायी बन्दै गएको र अब अझै होटल बन्द गररे बसी रहने अवस्था नरहेकाले होटल व्यवसाय तथा यातायत पूर्णरूपमा सञ्चालन गर्ने वातावरण बनाई दिन माग गर्दै ज्ञापन पत्र बुझाएको भेडेटार होटल एसोसिसनका अध्यक्ष जितेन्द्ररुम्दाली राईले जानकारी दिए । हरेक साल गर्मी मौसमसँंगै अन्य समयसमेत यस क्षेत्रका होटल तथा पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने गर्दथे तर अहिले यहाँका होटल ६ महिनादेखि बन्द छन् भने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटलमा लगानी बढाएका यहाँका व्यवसायीलाई करोडौं रुपैया घाटा भएको अध्यक्ष राईको भनाइ छ ।
यहाँका व्यावसायीहरुले भ्रमण वर्ष लक्षित गर्दै सञ्चालनमा ल्याउने भनेका धरै कार्यक्रम स्थगित गरिसकेका छन् । सरकारले होटल सञ्चालन गर्न अनुमति नदिए पनि असोज १ देखि आफै सुरक्षा विधि अवलम्बन गरी होटल व्यवसाय पूर्णरूपमा सञ्चालन गर्ने र त्यो हुन नदिए आन्दोलनमा उत्रिने एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्