डा. केसी अनशनस्थलमै बिरामी जाँच्दै «

डा. केसी अनशनस्थलमै बिरामी जाँच्दै

जुम्ला- चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन स्थल मन्दिरमै बिरामी जाँच्न थालेका छन् । अनसन स्थल चन्दननाथ नगरपालिका ६ रानीचौरमा रहेको बाबिरा मष्टो मन्दिरको धर्मशालामै स्वास्थ्य जाँच गराउन बिरामी पुगेपछि डा. केसीले जाँच्न थालेका हुन् ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशन बसेका केसी माग पूरा नभएसम्म बरु मर्ने तर अनशन नतोड्ने अडानमा छन् । अनशन बसेपनि आफ्नो अन्तिम सास रहुन्जेल विरामीको सेवा गर्न नछोड्ने उनको भनाइ छ । केसी मन्दिरमै अनशन बसेको थाहा पाएपछि स्थानीयवासी मन्दिरमै पुगेर आफ्नो स्वास्थ्य समस्या दर्शाउन थालेका छन् । अस्पताल छोडेर जाँच गराउन अनसन स्थलमा आउँछन् भने चिकित्सक हुनुको धर्मले पनि इन्कार गर्न नमिल्ने डा. केसीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्