९६ लाख रुपैयाँमा बिक्यो अब्राहम लिंकनको कपालको गुच्छा «

९६ लाख रुपैयाँमा बिक्यो अब्राहम लिंकनको कपालको गुच्छा

वासिङटन-अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको गुच्छा र उनको हत्याको जानकारी दिने रगतबाट लतपतिएको तरको लीलामी भएको छ । यसको विक्रीबाट ९६ लाख रुपैयाँ भन्दा बढी प्राप्त भएको छ ।
वासिङटन डीसीको फोर्ड थिएटरमा १८६५ मा उनलाई गोली हानिएको थियो । पछि उनको मृत्यु भएको थियो । पोस्टमार्टमको समयमा उनको लगभग २ इन्चको कपाल काटिएको थियो ।
आरआर अक्सनका अनुसार कपालको यो गुच्छा उनकी पत्नी मेरी टोड लिंकनका नातेदार र केन्टुकी पोस्टमास्टर डा. लेमन बीचर टोडलाई पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्